देश
काठमाडौं । दुर्लभ वन्यजन्तु सालकको खपटासहित काठमाडौंमा तीनजना पक्राउ परेका छन् ।
शनिबार दिउँसो काठमाडौं महानगरपालिका–२६, सामाखुसीबाट करिब साढे तीन किलो तौल भएको सालकको खपेटासहित प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मकवानपुरको गढी गाउँपालिका–८ का ४२ वर्षीय सूर्यबहादुर स्याङ्तानसहित तीनजना छन् ।
प्रहरी प्रभाग गोंगबुबाट खटिएको टोलीले उनीहरूलाई सालकको खपेटा र डिजिटल तौल मेसिनसहित फेला पारी पक्राउ गरेको जनाइएको छ ।
थप अनुसन्धान र आवश्यक कारबाहीका लागि उनीहरूलाई जिल्ला डिभिजन वन कार्यालय हात्तीसारमा पठाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९ १८:५७
प्रतिक्रिया दिनुहोस्