site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देउवा, प्रचण्ड र नेपाललाई ओलीको चुनौती– ल त सम्पत्ति दान गर्नुस्, आँट छ ?
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई बहुमतबाट रोक्नका लागि सत्ता गठबन्धन लागिपरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमालेलाई बहुमतबाट रोक्नका लागि पाँच दलले नपुगेर आठ दलको गठबन्धन बनाउन दौडधुप चलिरहेको बताए । देशलाई माथि उठाउनका लागि एमालेको सरकार आवश्यक रहेको उनको भनाइ छ ।

“...पाँच दलीय गठबन्धन । अझ त्यो नपुगेर त्यसलाई विस्तार गर्नका लागि कँुदिराखेका छन् । कहिले आठदलीय गठबन्धन बनाउने, कहिले के बनाउने भनेर । यो गठबन्धन किन बनाउनुपर्‍यो ?,” उनले भने, “यो गठबन्धन, सठबन्धन सबै एमालेलाई बुहमतबाट रोक्नका लागि हो । बहुमत ल्याउनबाट रोक्नका लागि यो सबै भएको हो ।”

KFC Island Ad
Dabur Nepal
NIC Asia

ओलीले लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक भए पनि अहिलेको गठबन्धनले भोट पाउनका लागि सत्रुता गर्न खोजिरहेको तर्क गरे ।

नेपाली कांग्रेस लौरो टेकेर पनि अडिन नसक्ने अवस्थामा पुगेर अरू दलको सहारा खोजिरहेको उनको टिप्पणी छ । लोकतन्त्रलाई कांग्रेसले गलत दिशामा लैजान खोजेको आरोप पनि उनले लगाए ।

देशभित्रको दुस्मनीले बाह्य शक्तिले फाइदा लिन सक्ने भन्दै सबै सचेत रहनुपर्नेमा उनले जोड दिए ।

उनले आफ्नो सम्पूर्ण चलअचल सम्पत्ति राज्यको नाममा गरिदिएको उल्लेख गर्दै अरू नेतालाई पनि सम्पत्ति राज्यको नाममा गर्न चुनौती दिए । उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई त्यस्तो चुनौती दिएका हुन् ।

“मैले मेरो सम्पूर्ण सम्पत्ति राज्यको नाममा, संस्थाको नाममा दिएको छु । एउटाले भनेछ– नेपालमा एक नम्बर भ्रष्टाचारी केपी ओली भनेर । मैले पार्लियामेन्टबाट बोलेको थिएँ– नेपाली कांग्रेसका नेताहरू र अरू पार्टीका नेताहरूलाई भनेर मैले मेरो, मेरो श्रीमतीका नामको सम्पूर्ण सम्पत्ति राज्यका नाममा, संस्थाको नाममा गर्दिएको छु । मेरो सेखपछि सम्पूर्ण सम्पत्ति, चलअचल सम्पूर्ण सम्पत्ति, ब्यांक ब्यालेन्स होस् कि, घर होस् कि, घडेरी होस् कि, जमिन होस् कि, गाडी होस् कि जे छ, मसँग त्यो सबै राज्यको नाममा हुुन्छ । संस्थाको हुन्छ । मेरो कसैले हकवाल भएर पनि खाँदैन । मैले कसैलाई जम्मा गरिदिनु छैन,” उनले भने, “त्यसरी मेरो हक लाग्नेजत्ति सम्पत्ति मैले राज्यलाई दान गरेँ भन्ने अर्को नेता निस्किए हुन्छ नि । त्यो निस्कने हिम्मत छैन । गर त दान ल । कुनै पार्टीको कुनै अध्यक्ष शेरबहादुर देउवाजीलाई म भन्छु– ल त सम्पत्ति दान गर्नुस् । आँट छ ? प्रचण्डलाई भन्छु म– गर्नुस् त ! माधवकुमार नेपाललाई भन्छु । दशथरी फाइँफुर्ती किन गर्ने ? सम्पूर्ण सम्पत्ति राज्यलाई ल । सिद्धियो नि त ! अनि, त्यो गर्न नसक्ने । अनि, केपी ओली सबभन्दा बढी भ्रष्टाचारी ? आफ्नो सम्पत्ति राज्यको नाममा दान गरेको छ, जोसँग केही छैन । तर, राज्यलाई ठगेर लिइन्न । यति मैले भन्नुपर्छ ।”

अध्यक्ष ओलीले देशको राजनीतिलाई सही ढंगले अघि बढाउन एमालेको सरकार बन्नुपर्ने जिकिर गरे । आसन्न निर्वाचनमा जनताले सही विश्लेषण गरेर निर्णय गर्ने उनको भनाइ छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १८:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro