site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राष्ट्रपति भवनअगाडि आत्मदाह गर्न खोज्ने निहारिका प्रहरी नियन्त्रणमा

काठमाडौं । राष्ट्रपति भवन शीतलनिवासअगाडि शुक्रबार आत्मदाह गर्न खोज्ने २० वर्षीया निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भरत बोहराले जानकारी दिए ।

आफू बलात्कृत भएको र प्रशासनले सहयोग नगरेको गुनासो गर्दै उनले आत्मदाह गर्ने भन्दै शरीरमा पेट्रोलियम पदार्थ खन्याएकी थिइन् । उनले आफ्नो बच्चाको डीएनए जाँचको माग गर्दै आएकी छन् ।

जनकपुरका शिवराज श्रेष्ठले आफूलाई बलात्कार गरेर 'ब्ल्याकमेल' गरेको निहारिकाको आरोप छ ।

जिल्ला अदालत धनुषाले श्रेष्ठलाई सफाइ दिएको थियो । उच्च अदालत जनकपुरमा भने निहारिकाको मुद्दा विचाराधीन छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro