site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
गोबरका रास 
Sarbottam CementSarbottam Cement

वर्षौँवर्षदेखि हामीले बाटो हेर्‍यौँ,
सफा गर्नुहोला देशको फोहोर भनेर
पालैपालो नेता पनि फेर्‍यौँ
फेर्नुहोला देशको अनुहार भनेर 
फेर्नु भएन देश,
बरु आफ्नै सत्र पुस्ताको जिन्दगी फेर्नुभयो
फिर्नु भएन हामीतिर, 
बरु सधैँ परचक्रीहरूका पाउमा गिर्नुभयो      
हाम्रो भरोसा, हाम्रो समय सत्यानाश भएछ 
वास्तवमा उहाँहरू त गोबरका रास हुनुहुँदो रहेछ 
भित्र गोबर, बाहिर गोबर
सर्वांग गोबर
गोबरको थुप्रो, गोबरको सालिक
हामीले वर्षौँदेखि गोबरहरूलाई नमस्कार गरेछौँ
गोबरका थासहरूमा मलजल भरेछौँ । 

ल हेर्नोस्, 
गोबरका सालिकहरू सिंहदरबारको आँगनमै गोबर गर्दै हुनुहुन्छ   
पालैपालो भुँडीमा गोबर भर्दै हुनुहुन्छ   
उहाँहरूले नगोब्य्राएको कुनै ठाउँ भेट्नु हुन्न तपाईंले
उहाँहरूले दुर्गन्ध नफैलाएको कुनै गाउँ देख्नु हुन्न तपाईंले
सरकार, अदालत र मन्त्रालयमा गोबर
संसद्, कार्यालय र देवालयमा गोबर
आँगन, सिकुवा र पिँडीमा गोबर
बार्दली, बुइँगल र सिँडीमा गोबर
भान्सा, बैठक र पूजाकोठामा गोबर
ओछ्यान, गलैँचा र चोटामा गोबर 
उहाँहरूलाई लाज लाग्दैन यसरी गोब्य्राउँदै हिँड्न 
किनभने, उहाँहरूले अनुहारमा 
मखुन्डोमाथि मखुन्डो भिर्नुभएको छ 
गोबरकै नालामा, गोबरकै ढलमा छिर्नुभएको छ ।  

प्रस्टै छ, उहाँहरू गोबरप्रिय हुनुहुन्छ
गोबर खेल्न र खेलाउन सक्रिय हुनुहुन्छ
आफ्ना प्रिय पात्रहरूलाई गोबर गराउनु उहाँहरूको सोख हो
गोबर उहाँहरूको तिर्खा हो, उहाँहरूको भोक हो
उहाँहरू कसैका काँधमा बसेर छोरीहरूले गोबर गर्छन्
कसैका टाउकामा चढेर छोराहरूले गोबर गर्छन्
कसैैका पिठ्युँमा अडिएर ज्वाइँ, बुहारी वा सम्धीहरूले गोबर गर्छन्
कसैका काँधमा थेचिएर चम्चे र हुक्केहरूले गोबर गर्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

आफन्तहरूले गरेको गोबर उहाँहरूलाई गनाउँदैन 
गोबरहरूलाई गोबर गनाउने कुरै भएन, बरु वास आउँछ 
उहाँहरूलाई घिन लाग्दैन आफ्नाहरूको गोबर, 
बरु खास लाग्छ ।

उहाँहरूको टाउकोमा गोबर बसेको छ
निधारमा गोबरकै टिको घसेको छ
आँखा गोबरले छोपिएको छ
कान र नाकमा पनि गोबर नै कोचिएको छ
उहाँहरूको वाद र सिद्धान्त गोबरमा बगेको छ
शरम र नैतिकता गोबरले नै लगेको छ
उहाँहरू गोबरकै पोखरीमा पौडिनुहुन्छ
दिनरात गोबरकै पछि–पछि दौडिनुहुन्छ । 

Global Ime bank

गोबरहरू गोबरलाई ‘तँ प्रतिगामी गोबर’ भनेर झपार्नुहुन्छ
गोबरहरू गोबरलाई ‘तँ अधोगामी गोबर’ भनेर हपार्नुहुन्छ
कुनै खैराँते गोबर, कुनै काला गोबर
कुनै सुकेका गोबर, कुनै आला गोबर 
झट्ट हेर्दा गोबरहरूको रङ फरक, तर गन्ध उस्तै 
जात फरक, तर कुहिने ढंग उस्तै ।

उहाँहरू देशका मात्रै होइन 
विदेशका गोबर पार्टीमा पनि हाजिर जनाउनुहुन्छ
उता गएर पनि उसैगरी गनाउनुहुन्छ  
होटेल होस् कि एम्बेसी  
बेइजिङ होस् कि दिल्ली 
गोबर पार्टीको निम्ता आउनासाथ टाउकाले टेकेर जानुहुन्छ
तपाईंले सोध्नै परेन, उहाँहरूले त्यहाँ गएर के खानुहुन्छ !

लौ हेर्नुहोस् रमिता ! 
गोबरहरू राष्ट्रिय झन्डा हल्लाउँदै सभामा आउनुहुन्छ    
गोबरहरू प्रमुख अतिथि बनेर मञ्चमा खुट्टा हल्लाउनुहुन्छ   
गोबरहरू टाउकै छोपिने गरी मालामा छिर्नुहुन्छ    
गोबरहरू नाकको टुटी नै टालिने गरी खादा भिर्नुहुन्छ   
घुम्ने मेचमाथि गोबरहरू नै घुम्नुहुन्छ  
गोबरले मातेर गोबरहरू कुर्सीमै झुम्नुहुन्छ   
गोबरहरू आफ्नै प्रशंसामा अभिनन्दन ग्रन्थ लेखाउनुहुन्छ
चोक चौबाटोमा नांगै भुतुंगै नौटंकी देखाउनुहुन्छ  
हामी गोबरगणेशहरूलाई पटक–पटक जालमा फसाउनुहुन्छ
गोबरहरू सिंहदरबारका भित्तामा तस्बिर टँसाउनुहुन्छ 
गोबरहरू पिर्कामाथि थास लागेर सलामी खानुहुन्छ  
गोबरहरू आफ्नै सिद्धान्त र आचरणको मलामी जानुहुन्छ ।

लौ भन्नुहोस्, गोबरहरूका गोबरगणेश मतदाताहरू  
योभन्दा बढी यिनीहरूलाई भन्ने कुनै ठाउँ छ ?
गोबरहरूलाई गुइँठा बनाएर आगो ताप्ने दिनचाहिँ कहिले आउँछ ?

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  ११:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement