विशेष
काठमाडौं । देशभर आज रक्षाबन्धन, जनैपूर्णिमा र राखी पर्व मनाइँदै छ ।
यस दिन वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।
काठमाडौंको पशुपतिनाथ मन्दिर परिसरमा पनि जनै र डोरो लगाउनेको भिड देखियो । वाग्मती नदीमा स्नान गरी जनै फेर्ने श्रद्धालुको ठूलो भिड थियो ।
थप तस्बिर हेर्नोस्–
प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९ १०:०७
प्रतिक्रिया दिनुहोस्