देश
काठमाडौं । काठमाडौंमा कल सेन्टरबाट करिब ७०० अमेरिकी नागरिकसमेत ठगिएको खुलेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोले गत असार पहिलो साता धुम्बाराहीस्थित अर्बिट नेक्सस प्रालिमा छापा मारेको थियो । सो क्रममा १३ जना पक्राउ परेका थिए ।
अनुसन्धानका क्रममा कल सेन्टरबाट ७०० को हाराहारीमा अमेरिकी नागरिकसमेत ठगिएको पाइएको ब्युरोका प्रवक्ता एसपी पशुपति रायले जानकारी दिए ।
घटनाकाबारे इन्टरपोलमार्फत पनि जानकारी दिने काम भइरहेको एसपी रायले बताए ।
अमेरिकी नागरिक ठगिएकोबारे अमेरिकन प्रहरीको फेडेरल ब्युरो अफ इन्भेस्टिगेसनले चासो राखेको बताइएको छ । यसबारे साइबर ब्युरोसँग भने कुनै समन्वय र सम्पर्क नभएको रायले बताए ।
प्रकाशित मिति: बुधबार, साउन २५, २०७९ १६:५३
प्रतिक्रिया दिनुहोस्