site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
इजरायलले वेस्ट बैंकमा आक्रमण गर्दा ३० प्यालेस्टाइनी घाइते

वेस्ट बैँक । गाजामा युद्धविराम रोकिएको दुई दिनपछि इजरायली सेनाले वेस्ट बैंक सहर नाब्लसको एउटा घरमा छापा मार्दा मंगलबार झडपमा परी कम्तीमा ३० प्यालेस्टाइनी घाइते भएका छन् ।

“इजरायली सेना र विशेष बलहरूले नाब्लसमा एक अभियुक्त व्यक्तिको घरमा घेरा हालेका थिए । सो क्रममा त्यहाँ गोलीबारी भएको थियो," सेनाले विज्ञप्ति जारी गर्दै भनेको छ ।

रेड क्रिसेन्टकाअनुसार कम्तीमा ३० प्यालेस्टाइनीहरू घाइते भएको र एकको अवस्था गम्भीर भएको फ्रान्सेली समाचार संस्था एएफपीलाई उद्धृत गर्दै डिजिटलजर्नल डट कमले जनाएको छ ।

पुरानो सहर नाब्लसमा प्यालेस्टाइनीहरूले इजरायली सेनामाथि गोली चलाएका थिए । प्यालेस्टाइनीहरूले सेनामाथि ढुङ्गा हानेपछि नाब्लसका अन्य भागहरूमा पनि इजरायली सेनासँग झडप भएको थियो । 

चलिरहेको झडपबाट धेरै बन्दुकको आवाज सुनिएको थियो । दर्जनौँ इजरायली सैन्य सवारी साधनहरूले वेस्ट बैंकको सबैभन्दा ठुलो सहरमा ट्राफिक जाम नै भएको थियो ।

इजरायली सुरक्षा बलहरूले हालैका महिनाहरूमा वेस्ट बैंकमा इस्लामिक जिहाद समूहका लडाकुहरूलाई केन्द्रित गर्दै लगभग दैनिक अप्रेसनहरू सञ्चालन गरेका छन् ।

डिजिटल जर्नलबाट ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन २४, २०७९  १६:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro