site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
विदेश
Global Ime bankGlobal Ime bank
चीनसँगको बढ्दाे तनावबाट बच्न अमेरिकाद्वारा मिसाइल परीक्षण स्थगित
SkywellSkywell

काठमाडौं । अमेरिकाले नियमित अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल परीक्षण स्थगित गरेको छ । 

ताइवान नजिकै चीनले शक्ति प्रदर्शन गरिरहेका बेला बेइजिङसँग थप तनाव बढ्न नदिन बाइडेन प्रशासनले एयर फोर्स मिनेटम्यान आईआईआई अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइलको नियमित परीक्षण स्थगित गरको वाल स्ट्रिट जर्नलले जनाएको छ । 

Dabur Nepal
NIC Asia

अमेरिकी अधिकारीहरूले यो परीक्षण कति समयसम्म स्थगन हुन्छ भन्ने बारेमा बताएका छैनन्, तर एक अधिकारीका अनुसार यो अवधि १० दिनसम्म रहन सक्ने रिपोर्टमा जनाइएको छ । 

वायुसेनाले क्यालिफोर्नियाको भान्डेनबर्ग बेसबाट परीक्षण प्रक्षेपण गर्ने योजना बनाएको थियो । 

अन्तरमहादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम)को विश्वसनीयता परीक्षण गर्न सामान्यतया वर्षमा केही पटक परीक्षण गरिन्छ । 

“यो एक लामो योजनाबद्ध परीक्षण हो तर ताइवान वरिपरि पीआरसी (जनगणतन्त्र चीन)को कार्यहरूलाई लिएर कुनै पनि गलतफहमी हटाउन यो स्थगित गरिएको छ,” एक रक्षा अधिकारीले वाल स्ट्रिट जर्नललाई भने । 

मस्कोले युक्रेनमा आक्रमण गरेपछि रुससँगको बढ्दो तनावबाट बच्न मार्चमा पेन्टागनले मिनेटम्यान आईआईआई मिसाइलको उडान परीक्षण रद्द गरको थियो । 

द गार्डियनबाट । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २०, २०७९  ०१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro