site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हिजबुल्लाहमाथि ‘पूर्ण शक्ति’का साथ आक्रमण गर्न इजरायली सेनालाई नेतान्याहूको निर्देशन
Tiktok banner adTiktok banner ad

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले हिजबुल्लाहमाथि ‘पूर्ण शक्ति’का साथ आक्रमण गर्न इजरायली सेनालाई निर्देशन दिएका छन् । अमेरिकालगायत इजरायलनजिकका अरू देशहरूले भने युद्धविरामका निम्ति आग्रह गरेका छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले बिहीबार इजरायली हवाई आक्रमणमा कम्तीमा ९२ जनाको मृत्यु भएको जनाएको छ ।

लेबनानको राजधानी बेरुतको दक्षिणी भागस्थित एउटा भवनमा गरिएको हवाई हमलामा आफ्नो ड्रोन युनिटका प्रमुख मोहम्मद सुरूर मारिएको हिजबुल्लाहले जनाएको छ ।

बुधबार अमेरिका, बेलायत र युरोपेली संघले तीन साताका निम्ति युद्धविरामको प्रस्ताव गरेका थिए । तर, बिहीबार इजरायलले यो प्रस्ताव अस्वीकार गरेको थियो ।

न्युयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहूले सबै लक्ष्य हासिल नगरेसम्म आफूहरू नरोकिने बताएका थिए । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro