site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदले भनिन्– देशद्रोहीले मेरो घरको गेटभित्र बम पड्काए
फाइल तस्बिर ।

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद महेश बस्नेतले अर्थमन्त्री जनार्दन शर्माप्रति संसद्मा व्यंग्य गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले ‘सहयोग नगर्ने कर्मचारी हटाउने, कमिसन नखुवाउने उद्योगीहरूलाई कारबाही गर्ने, निर्वाचन खर्च जुटाउने, गठबन्धन जिताउन, एमाले हराउन लाग्ने’ भन्दै अर्थमन्त्री शर्माप्रति कटाक्ष गरेका हुन् ।

उनले अर्थमन्त्री शर्माप्रति जनताले सबै मूल्यांकन गरेको भन्दै महँगी, भ्रष्टाचार, अनियमितता र कुशासनको हिसाब गर्ने बताए ।

यस्तै, जनता समाजवादी पार्टी (जसपा)की सांसद रेनुका गुरुङले सोमबार राति आफ्नो घरको गेटभित्र बम पड्काइएको बताइन् । उनले सुरक्षाको कारण देखाउँदै आजीवन निजी सुरक्षाकर्मीको व्यवस्था गर्न गृहमन्त्री र सरकारसँग माग गरिन् ।

“मेरो देशलाई शिरमा बोकेर हिँड्ने म नेपाल आमाकी छोरी हुँ । मैले जिन्दगीभर देश र समाजको लागि सेवा गरेबापत मसँग प्रशंसापत्र र प्रमाणपत्रको थुप्रो छ । हिजो राति ८ बजेर २५ मिनेट जाँदा मैले देशलाई माया गरेको मन नपराउने देशद्रोहीहरूले मेरो घरको गेटभित्र बम पड्काए । घरका सबै आतंकित भए । झ्याल खोलेर हेरेँ, दुईजना लोग्नेमानिस मोटरसाइकलमा गएको देखेँ । तर, अँध्यारो भएकोले चिन्न सकिनँ,” उनले भनिन्, “महाराजगन्जको थानाको नम्बर खोजेर फोन गरेँ । माननीय गृहमन्त्रीलाई फोन गरेँ, फोन उठेन । प्रहरी आएपछि म पनि आँगनमा ओर्लिएँ । कम्पाउन्डभित्र रकेट बमको खोल भेटियो, जुन प्रहरीले लिएर गएको छ । त्यसपछि माननीय उपसभामुख पुष्पा भुसाललाई फोन गरेँ, सान्त्वना दिनुभयो ।”

उनले थपिन्, “अतः म संघीय सांसद र कार्यपालिकाको सदस्य भइसकेकाले म र मेरो घर परिवारको सुरक्षार्थ पूर्वराज्यमन्त्रीले पाउनुपर्ने अनिवार्य पीएसओको आजीवन व्यवस्थाका लागि गृहमन्त्री र नेपाल सरकारसँग माग गर्दछु ।”

नेपाली कांग्रेसका सचेतक मीनबहादुर विश्वकर्माले नेपाल चक्रवर्ती कलेजले कानुन संकायको शुल्क बढाउँदा आन्दोलन गर्ने विद्यार्थीमाथि प्रहरी र बाउन्सर लगाएर कुटपिट गरिएको विषयमा सरकारको ध्यानाकर्षण गराए ।

सांसद मीना सुब्बाले सरकारी र निजी विद्यालयका विद्यार्थीको शैक्षिक पहुँच समान बनाउन सरकारसँग माग गरिन् ।

सांसद मोहन बानियाँले कर्णाली करिडोर निर्माणकार्यमा नेपाली सैनिक थप गर्न सरकारसँग माग गरे । कर्णाली करिडोर निर्माणकार्य सुस्त भएको उनले बताए । 

सांसद मोहनप्रसाद पाण्डेले पाल्पा जाने सडक कालीगण्डकीको पानीले जलमग्न भएकाले वैकल्पिक मार्ग तत्काल बनाएर सवारी सञ्चालनमा सहजीकरण गर्न सरकारसँग माग गरे ।

सांसद यशोदा गुरुङ सुवेदीले सरकारले विप्लव समूहलाई जारी गरेको पक्राउ पुर्जी फिर्ता लिन माग गरिन् । सरकारले विप्लवसँग गरेको सहमति कार्यान्वयन गर्नुपर्ने बेलामा कारबाही गर्ने कार्य रोक्नुपर्ने उनले बताइन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro