site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
लुम्बिनी गुरुयोजनाविपरीतको रिसोर्ट सञ्चालन अनुमति खारेज 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । लुम्बिनी विकास गुरुयोजनाविपरीत रिसोर्टलाई जग्गा दिने निर्णय खारेज गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं लुम्बिनी विकास कोष परिषद्का अध्यक्ष जीवनराम श्रेष्ठको अध्यक्षतामा आज बसेको परिषद्को बैठकले ‘क्याम्पेन ग्राउन्ड’को जग्गा निजी कम्पनीलाई दिने गएको वैशाख १९ गतेको निर्णय खारेज गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

गुरुयोजनाविपरीत संसारा वेलनेस नामक कम्पनीलाई लुम्बिनी विकास कोषभित्र रिसोर्ट सञ्चालन गर्न दिइएको अनुमति खारेज गरिएको जनाइएको छ ।

बैठकले लुम्बिनीमा पर्यटक सुविधाका लागि विद्युतीय बस सञ्चालन गर्ने निर्णय पनि गरेको छ । एक महिनाभित्र विद्युतीय बस सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो । लुम्बिनी जाने पर्यटकलाई सुविधायुक्त र सहज अवलोकनका लागि विद्युतीय बस सञ्चालनको निर्णय गरिएको मन्त्री श्रेष्ठले बताए ।

Global Ime bank

कोषको परिषद् बैठकले लुम्बिनी गुरुयोजनाको काम चालु आर्थिक जर्षभित्र सम्पन्न गर्ने निर्णय समेत गरेको छ ।

विभिन्न बौद्धस्थललाई समेटेर बनाइने दीर्घकालीन गुरुयोजना निर्माणको प्रारम्भिक खाका दुई महिनाभित्र तयार गरिने जनाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय