site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
झन्डै २२ लाख लाइसेन्स छाप्न बाँकी, विभागले दैनिक चार हजार छाप्दै

काठमाडौं । सवारीचालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम फेरि सुरु भएको छ । पछिल्लोपटक प्रिन्टिङ मेसिनमा समस्या आएपछि छपाइको काम केही समय रोकिएको थियो । तर, अहिले विदेश जाने र आपत्‌कालीन लाइसेन्स छपाइबाहेक नियमित छपाइ पनि भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागका अनुसार, अहिले दैनिक करिब चार हजार लाइसेन्स प्रिन्ट भइरहेको छ । दैनिक चार हजार लाइसेन्स प्रिन्ट भइरहे पनि छाप्न बाँकी लाइसेन्सको संख्या करिब २२ लाख पुगिसकेको छ । तर, विभागसँग पछिल्लोपटक खरिद गरेको करिब १२ लाख लाइसेन्स छाप्नका लागि मात्र कार्ड उपलब्ध छ ।

ठूलो संख्यामा लाइसेन्स छाप्न बाँकी हुँदा विभागले अर्काे प्रिन्टिङ मेसिन खरिद गर्ने प्रक्रिया पनि अघि बढाएको छ ।

कहिले कार्डको अभाव, कहिले प्रिन्टिङ मेसिनको समस्या, कहिले जनशक्तिको अभावजस्ता लापरबाहीले विभागको स्मार्ट लाइसेन्स विवादित बनेको छ । यति हुँदाहुँदै पनि विभागले थप लाइसेन्स छाप्ने प्रक्रिया अघि बढाउँछ वा हाल उपलब्ध कार्ड छापेर प्रदेश सरकारलाई नै जिम्मा दिने प्रस्ताव गर्छ भन्नेमा अन्योल छ ।

यातायातसम्बन्धी सबै कामको जिम्मेवारी प्रदेश सरकारमा गइसकेको छ । त्यसैले प्रदेश सरकारहरूले आफ्ना सेवाग्राहीका लागि आफैँ लाइसेन्सको व्यवस्था गर्न खोजिरहेका छन् ।

वाग्मती प्रदेश सरकारले नागरिक एपबाटै डिजिटल लाइसेन्स उपलब्ध गराएको छ । अफलाइनमा समेत काम गर्ने नागरिक एपको लाइसेन्स जाँच गर्न प्रदेश सरकारले काठमाडौं उपत्यकाका ट्राफिक प्रहरीलाई मोबाइल फोन पनि उपलब्ध गराएको छ ।

उपत्यकामा ट्राफिक प्रहरीले डिजिटल लाइसेन्स चेक गरी ट्राफिक नियमन उल्लंघन गर्नेलाई अनलाइनबाटै कारबाही एवं जरिवाना लिन थालेको छ ।

यस्तै, कोसी प्रदेशले पनि ट्रायल पास हुने बित्तिकै सेवाग्राहीलाई अस्थायी लाइसेन्स दिन थालेको छ । गत भदौदेखि नै कोसी प्रदेश सरकारले आफैँ कार्ड छापेर लाइसेन्स दिन सुरु गरेको थियो ।

विभागको सुस्त, झन्झटिलो र लथालिंग स्मार्ट लाइसेन्स कुर्नुभन्दा प्रदेश सरकारहरूले आफैँ लाइसेन्स उपलब्ध गराउन थालेका छन् । अन्य प्रदेशहरूले विभागबाट समन्वय नभएका कारण आफैँले लाइसेन्स छाप्न कठिनाइ भइरहेको गुनासो  गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro