site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाको विरोध प्रदर्शन अनैतिक, अराजनीतिक र गैरजिम्मेवार : सूर्य थापा
फाइल तस्बिर ।

काठमाडौं । सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले सहकारी ठग जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित साक्षात्कारमा उनले संसदीय विशेष समितिले दिएको प्रतिवेदनअनुसार कारबाही प्रक्रिया अघि बढेको र सहकारी ठग जहाँसुकै भए पनि कानुनको दायरामा आउने बताएका हुन् ।

ज्योति गुरुङ अमेरिकामा रहेको आफूहरूले प्रतिवेदनमा उल्लेख गरेको र हाल सरकारले उनीसहित ज्योतिबहादुर भण्डारीको नाममा समेत रेडकर्नर नोटिस जारी गरिसकेको बताए ।

त्यस्तै, सहकारी ठगी आरोपमा फरार गितेन्द्रबाबु राई (जीबी)को राहदानी समेत रोक्का भइसकेको उनको भनाइ छ । उनले रवि लामिछानेलाई सरकारले नभएर सोही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भन्दै न्यायालयको आदेशलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विरोध प्रदर्शनलाई उनले अनैतिक, अराजनीतिक र गैरजिम्मेवार कामको संज्ञा दिए ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro