site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कागेश्वरी मनोहराबाट जुवा खेलिरहेका १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको कागेश्वरी मनोहराबाट जुवा खेलिरहेका १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले गए राति कागेश्‍वरी मनोहरा नगरपालिका–४ स्थित डाँछीको नयाँ गाउँस्थित खाली जग्गामा जुवा (ओखर) खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, डाँछीका ३३ वर्षीय हस्तबहादुर तामाङसहित १७ जनालाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद एक लाख ६५ हजार ४०० रुपैयाँ र १९ दाना ओखरसहित पक्राउ गरेको जनाइएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १६:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro