site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नर्भिकले भित्र्यायो अल्माको लेजर मसिन, छालाको अत्याधुनिक उपचार अब नेपालमै
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नर्भिक इन्टरनेसनल हस्पिटलले नेपालमै पहिलोपटक विश्वविख्यात अल्मा कम्पनीबाट उत्पादित डर्मा क्लियर मेसिन (लेजर मेसिन) भित्र्याएको छ । 

सोमबार अस्पतालको नर्भिक कस्मेटिक एन्ड डर्माटोलोजी सेन्टरमा आयोजित एक समारोहकाबीच इजरायलमा अवस्थित अल्माबाट उत्पादित अत्याधुनिक डर्मा क्लियर लेजर मेसिनको अनावरण गरियो । 

सप्लायर्स कम्पनीको तर्फबाट रामशरण मल्ल, नर्भिक इन्टरनेसनल हस्पिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र अस्पतालकी छाला रोग विशेषज्ञ डा. सिरपा बज्राचार्यले संयुक्त रूपमा अत्याधुनिक लेजर मेसिनको अनावरण गरेका थिए । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

सप्लायर रामशरण मल्लका अनुसार अत्याधुनिक अल्माको डर्मा क्लियर मेसिन भित्र्याउने नर्भिक नेपालकै पहिलो अस्पताल हो । 

यो एउटै मेसिनको मद्दतले तीनवटा विशिष्ट उपचारको काम गर्न सकिन्छ । यो मेसिनबाट छालालाई भित्रैदेखि सफा गर्ने, मोस्चराइजिङ र नरम बनाउने तथा छालाका मृत कोशिकाहरूलाई राम्रोसँग बाहिर निकाल्ने काम गर्न सकिन्छ । 

Royal Enfield Island Ad

यस्तै, यसको ह्यान्ड पिस टिप ३६० डिग्रीमा रोटेड गर्न मिल्छ । मल्लकाअनुसार मेसिनमा जडित पावर सक्सनका कारण छालाको भित्रैसम्म गाडिएर बसेको फोहोर राम्रोसँग बाहिर निस्किन्छ । 

अल्मा लेजरको आफ्नै प्रि ट्रिटमेन्ट सोल्युसन पनि रहेको छ, जसले स्किनलाई नरम, मुलायम र हाइड्रेट गराउँछ । यो फेसियल स्किनका लागि अहिलेसम्मकै उत्कृष्ट र सबै विशेषता एउटैमा सुसज्जित भएको मेसिन हो । 

डर्मा क्लियर मेसिन उच्च गुणस्तर, जोखिममुक्त र पूर्ण छाला हेरचाह तथा उपचारका लागि विश्वमा बढ्दो माग पूरा गर्ने उद्देश्यले डिजाइन गरिएको मेसिन हो ।

लेजर मेसिनको अनावरणपछि कुरा गर्दै नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले अत्याधुनिक मेसिन पहिलोपटक नेपाल भित्र्याएर छालाकै अत्याधुनिक उपचार समेत नेपालमै सम्भव हुने अवस्था बनेको बताए ।

"अब छालाको कुनै पनि समस्या आउँदा स्तरीय उपचारका लागि विदेशिनुपर्ने बाध्यता हटेको छ," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १६:१३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro