site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पैसा दिन्छु भन्दै घरमा लगेर साथीलाई खाना खुवाए, जंगलमा लगेर हत्या गरे

काठमाडौं । अर्घाखाँचीमा पैसा दिन्छु भन्दै आफ्नै घरमा लगेर साथीको हत्या गरेको खुलेको छ । ट्रक किनेको पैसा दिने भन्दै एकजनाले आफ्नै साथीको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका डीएसपी अमरबहादुर थापाका अनुसार पाणिनि गाउँपालिका–२ पोखराथोकका कुलचन्द्र गौतमले मालारानी गाउँपालिकाका–१ का विष्णुबहादुर पाण्डेको नाममा रहेको लु १ ख ६६८१ नम्बरको ट्रक खरिद गर्ने भन्दै जंगलमा लगेर हत्या गरेको खुलेको हो ।

साथीको विश्वासमा परेर पाण्डेले पैसा नै नलिई ट्रक पास गरेका थिए । गौतमले बुटवलमा पाण्डेसँग १६ लाख रुपैयाँमा ट्रक किन्ने सहमति गरेका थिए ।

घरमै गएर पैसा दिने भनेपछि गौतमले पाण्डेलाई बुटवलबाट साउन ९ गते अर्घाखाँची पोखराथोक ल्याए । डीएसपी थापाले भने, “राति उनीहरुले सँगै खाना खाएको खुलेको छ । उनकै घरमा पाण्डेले रात बिताए । अर्को दिन घर नजिकै रहेको सामुदायिक वनमा कालिज मार्ने र खाना खाने भन्दै जंगल लगेका रहेछन् । सोही जंगलमा उनले पाण्डेको हत्या गरेको अनुन्धानले देखाएको छ ।”

गौतमले पछाडिबाट पाण्डेलाई फलामको रडले हानेर हत्या गरेको खुलेको छ । हत्यापछि पाण्डेलाई भीरबाट धकलेर गौतम भागेका थिए ।

१० गतेसम्म बुबा सम्पर्कमा नआएपछि पाण्डेकी छोरीले बुटवल प्रहरीमा निवेदन दिएकी थिइन् । सोही निवेदनका आधारमा अर्घाखाँची प्रहरीको टोली खटिएको थियो ।

डीएसपी थापाले भने, “प्रहरीसहितको टोली खोजतलासमा सक्रिय भयो । खोज्दै जाँदा गौतमको घरभन्दा दुई, तीन किलोमिटर पर जंगलमा पाण्डेको शव फेला पर्यो । शव पोष्टमार्टमका लागि पठाइएको छ । घटना १० गते बिहानको समयमा भएजस्तो देखिन्छ ।”

हत्यापछि फरार रहेका गौतम नेपाल–भारत सीमा नाकाबाट पक्राउ परेका छन् । प्रहरीका अनुसार पाण्डे बुटवलमा बस्दै आएका थिए । उनीहरु चिनजानका साथी हुन् ।

प्रहरीसमक्ष गौतमले आफू रुपन्देहीमा घर बनाउँदा ऋणमा डुबेको र सोही ऋण तिर्न साथीको ट्रक हत्याउने योजना बनाएका थिए । उनले बुटवलको मैनाबगरमा मोटर पार्ट्स पसलसमेत सञ्चालन गरेका थिए । सबैतीरबाट ऋणमा फसेपछि ट्रक सित्तैमा हत्याउने र ट्रकबाट आम्दानी गरेर ऋण तिर्ने योजनाका साथ हत्या गरेको खुलेको छ ।

घटनाको थप अनुसन्धान बुटवलबाट भइरहेको डीएसपी थापाले बताए । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  ११:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro