site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्घाखाँचीमा एक वर्षमा दुई सयभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

बुटवल । अर्घाखाँचीमा एक वर्षमा दुई सयभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छन् । अर्घाखाँची जिल्ला अदालतमा आएका मुद्दामा सम्बन्ध बिच्छेदका मुद्दा सबैभन्दा बढी रहेका छन् । एक वर्षमा दुईसय सम्बन्ध विच्छेदका मुद्दा परेका छन् ।

जिल्ला अदालतले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक लक्ष्य र प्रगतिको समीक्षा कार्यक्रममा सो जानकारी दिएको हो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अदालतमा परेका ४७४ मुद्दामध्ये २०६ सम्बन्ध विच्छेदका मुद्दा रहेको अदालतका श्रेष्तेदार महेश खनालले जानकारी दिए । केही वर्षयता सम्बन्ध विच्छेद भयावह बन्दै गएको छ । बर्सेनि  सम्बन्ध विच्छेद गराउनेको संख्या डरलाग्दो रूपले वृद्धि हुँदै गएको हो । अदालतमा आउने मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेद नै रहेका छन् ।

सम्बन्ध बिच्छेदका मुद्दा बढ्नुको कारण अपरिपक्क विवाह, पारिवारिक असन्तुलन, घरेलु हिंसा, वैदेशिक रोजगार, महिला सशक्तिकरणको कमीलगायत रहेका अनुमान गर्ने गरिएको छ । 

Royal Enfield Island Ad

हरेक वर्ष बढ्दै जाने सम्बन्ध विच्छेदका घटनाले परिवारको शिक्षा, स्वास्थ्य तथा जीविकालाई समेत प्रभाव पार्ने गरेको छ ।

यसअघि पुरुषले स्थानीय तहमा मिलापत्र हुन नसके स्थानीय तहको सिफारिसमा मात्र अदालतमा मुद्दा दर्ता गर्न पाउने प्रावधान थियो । पत्नीसँग सम्बन्ध विच्छेदका लागि पतिले मुद्दा दायर गरे पनि अदालतले मेलमिलापका लागि एक वर्षको समय तोक्ने व्यवस्था थियो । तर, पछिल्लो कानुनले प्रक्रियामा सहज बनाएपछि पुरुषहरू पनि सम्बन्ध विच्छेदमा अग्रसर हुने गरेको देखिएको हो ।

गत आर्थिक वर्ष २०७७/०७८ मा जिल्ला अदालत अर्घाखाँचीमा सम्बन्ध विच्छेदका १२३ वटा मुद्दा परेका थिए । गत वर्षको तुलनामा यस वर्ष ८३ वटा सम्बन्ध विच्छेदका मुद्दा बढेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro