site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कस्तो हतार ?
Sarbottam CementSarbottam Cement

तिमी हतारमा रै’छौ 
किन ? 
अहिलेसम्म थाहा पाइनँ
हिम्मत तिम्रो मानेँ मैले
तर,
बिदासम्म माग्न पाइनँ ।

जीवनमा तेज तिम्रो
यी दिन 
खोजेँ मैले जति 
त्यसको चिम्टी मात्र
दिन सक्ने अर्को
तिमी पाइनँ ।

Prabhu Bank
Agni Group
NIC Asia

कति हतार ?
कस्तो हतार ?
अनि,
किन हतार गर्यौ तिमीले
अहिलेसम्म थाहा पाइनँ ।

कारणसम्म नखोलेर
तिमी गयौ 
एक्लै हैन
साथै लग्यौ
विश्वास मेरो
लिई गयौ 
मुटु मेरो ।

Global Ime bank

मेरो मात्र मेरो
अफसोस तिमीसँग
तर,
बिदासम्म माग्न पाइनँ ।

(दिवंगत पितामा समर्पित)

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ०७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement