site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
चड्कन
Sarbottam CementSarbottam Cement

राजनीतिलाई नजिकबाट नियाल्नेहरूले सत्यप्रसाद शर्मालाई नचिन्ने कुरै भएन । लामो समयको राजनीतिक जीवनबाट खारिएका शर्मा मार्क्सवादी विचारधारालाई सन्तुलित ढंगले व्याख्या गर्नेहरूको अग्रपंक्तिमै पर्ने कुरामा कुनै शंका नै थिएन ।

नेपाली वामपन्थी आन्दोलनका अगुवाको रूपमा शर्माले आफूलाई स्थापित गरेकै कारण उनी पटक–पटक संघीय मन्त्री भइसकेका छन् । जातीय, वर्गीय, क्षेत्रीय, लिंगीय असमानता हटाएर समुन्नत समाजको परिकल्पना गर्दै सबैलाई नोकरी र बास व्यवस्थाको आश्वासन बाँडेकोले गर्दा नै आमजनताले उनलाई पटक–पटक मत दिँदै आएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

धर्म भनेको अफिम हो भन्ने मूर्तिपूजाका कट्टर विरोधी शर्माले आफ्नो बाबु मर्दा समेत किरिया गरेनन् । उनी भन्छन्, ‘परिवर्तन आफ्नै घरबाट सुरु गर्नुपर्छ ।’

समय बित्ने क्रममा शर्माले संघीय राजधानीमा महल ठड्याए । गाडी र जग्गा त कति जोडे जोडे । छोरा, बुहारी र छोरीलाई पनि राजनीतिको बाटोमा डोर्याउँदै लाभ हुने पदहरूमा पुर्याए ।

Global Ime bank

राजनीतिक परिवर्तनबाटै समाज रूपान्तरणका लागि अमूल्य योगदान गरेको भन्दै सत्यप्रसाद शर्मालाई आज ‘नेपाल संगठन’ले सम्मान गर्ने भएको थियो । जसका लागि पार्टी प्यालेस भरिभराउ भइसकेको थियो । कार्यकर्ताहरू पंक्तिबद्ध भएर शर्मालाई खादा, माला लगाइदिँदै शुभकामना दिइरहेका थिए ।

त्यसै बेला चड्याम्मको आवाज आयो । सत्यप्रसाद ढुन्मुनिएर मञ्चमै ढले । के भएको हो भन्ने कसैले नबुझ्दै एक युवक चिच्यायो, “खाइस् सत्ते ! मेरो चड्कन च्यूरा !’

त्यो युवकले आफ्नो कुरा भनिनसक्दै स्वयंसेवकहरूले उसलाई धुस्नो पारेर चुटे । तैपनि, युवक चिच्याइरहेको थियो, ‘गरिबहरूलाई सपना देखाउँदै नर्कमा जाकेर तँ महल ठड्याउने ? तेरा शाखा सन्तानहरू सबै लाभको पदमा पुग्ने । हामी जनता भने झन्–झन् गरिब र पीडित भइरहनुपर्ने ?’

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १४, २०७९  ०६:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement