site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
नेपाललाई ईयूले उडान सुरक्षा सूचीमा राखिरहनु पर्ने अवस्था छैन : पर्यटनमन्त्री श्रेष्ठ
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडाैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ (ईयू)ले नेपाललाई उडान सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने धारणा राखेका छन् । 

पर्यटनमन्त्री श्रेष्ठसँग नेपालका लागि गणतन्त्र पोल्याण्डका गैरआवासीय राजदूत आडम बुराकोव्स्कीले आज (शुक्रबार) मन्त्रालयमा भएको शिष्टाचार भेटको क्रममा उनले नेपाली उड्डयन क्षेत्रलाई अन्तर्राष्ट्रिय उड्डयन सङ्गठन आइकाओले प्रतिबन्ध फुकुवा गरिसकेको अवस्थामा ईयुले सुरक्षासम्बन्धी सूचीमा राख्न नहुने बताएका हुन् ।

आइकाओको सुरक्षा इन्डेक्सले नेपाली आकाश तथा वायुसेवा कम्पनी सुरक्षित रहेको पुष्टि भइसकेको अवस्थामा नेपाली उड्डयन क्षेत्रलाई युरोपमा सिधा उडानको व्यवस्था गर्नुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिएकाे उनकाे निजी सचिवालयले जनाएको छ ।

Dabur Nepal
NIC Asia

भेटमा उनीहरूबीच नेपाल र पोल्याण्डबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको थियो ।

मन्त्री श्रेष्ठले नेपाल र पोल्याण्डबीच कुटनीतिक सम्बन्ध स्थापित भएदेखिनै सुमधुर सम्बन्ध रहिआएको चर्चा गर्दै यसलाई अझ मझबुत बनाउनुपर्नेमा जोड दिए ।

उनले पर्वतारोहणमा पोल्याण्डका जनताको रुची रहेको र त्यसका लागि नेपाल आकर्षक गन्तव्य रहेको बताए ।

मन्त्री श्रेष्ठले कोरोना भाइरस महामारीपछि नेपालले अहिले पर्यटन पुनरुत्थानका कार्ययोजनाअनुसार पर्यटकलाई सुविधा तथा सहुलियतका कार्यक्रम अघि बढाएको जानकारी गराए ।

पोल्याण्डमा उच्च अध्ययन र रोजगारीको सिलसिलामा नेपाली जाने गरेको तथा नेपालमा रहेका पोल्याण्डका जनताको भिसा र आवागमन प्रक्रियामा सरलीकरण गर्नेबारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।

राजदूत बुराकोव्स्कीले सन १९९२ मा कन्चनजङ्गा हिमाल आरोहणका क्रममा हराएकी पोल्याण्डकी नागरिक वान्डा रुटकिविजको स्मृति कार्यक्रम आगामी अक्टुबरमा नेपालमा गर्ने तयारी गरिएको जानकारी दिए ।

रुटकिविज युरोपबाट सगरमाथा र केटु हिमाल आरोहण गर्ने पहिलो महिला आरोही हुन् । 

भेटवार्तामा उनीहरूबीच नेपालको पर्यटन प्रवर्द्धनकाे उपायबारे छलफल भएको थियो । भेटमा मन्त्रालयका निमित्त सचिव वुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी तथा नेपालका लागि गणतन्त्र पोल्याण्डका महावाणिज्यदूत लोकमान्य गोल्छाको सहभागिता थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन १३, २०७९  २०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro