site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अर्थमन्त्री अलमलिँदा २०० प्रतिशत पुगेको सवारी कर अघिल्लो वर्षभन्दा १२ प्रतिशतले घट्यो
SkywellSkywell

पोखरा । गण्डकीका अर्थमन्त्री रामजी बरालले बजेटसँगै ल्याएको आर्थिक ऐन अस्पष्ट हुँदा गण्डकी सरकारले नवीकरणमा ढिलाइ गरेका सवारी करलाई २०० प्रतिशतले जरिबाना तिरायो । यसको मूल कारण चाहिँ अस्पष्ट आर्थिक ऐन नै हो ।

आर्थिक ऐनमा नै प्रदेश सरकारले लिने करको दरसहित जरिबाना दस्तुर पनि तोकेको हुन्छ । गण्डकी सरकारले हालसम्म ल्याएका चारवटा आर्थिक ऐनमा उक्त कर र जरिबानासहितको दस्तुर उल्लेख गरिएको थियो । तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङदेखि गत आर्थिक वर्षमा अर्थमन्त्रीको हैसियतमा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ल्याएको आर्थिक ऐनमा पनि उक्त व्यवस्था थियो र सरकारले सोहीअनुरूप बढीमा ३२ प्रतिशतसम्म जरिबाना लगाउने व्यवस्था गरेको थियो ।

तर, चालु आर्थिक वर्ष २०७९/०८० मा चाहिँ सरकारले प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमार्फत कर उठाउन बाध्य भयो । उक्त ऐन पनि अस्पष्ट छ । ऐन नै अस्पष्ट हुनुमा प्रदेशसभाबाट उक्त ऐन पारित गर्ने सांसदहरूकै कमजोरी हो ।

KFC Island Ad
NIC Asia

किनकि जनप्रतिनिधि बनेर आएपछि जनताको जीवनसँग सवाल राख्ने यो ऐनमा उनीहरूले पर्याप्त छलफल गर्न सकेनन् । संख्या बढाउने नाममा तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको नेकपा सरकारका दुई तिहाइ सांसदहरूले यसलाई टेबल ठोकेर दुई तिहाइले पारित गरिदिए ।

ऐन बनेर २०७६ साल कात्तिक १ गते राजपत्रमा प्रकाशित भइसकेपनि यो ऐन चालु आर्थिक वर्षमा आएर कार्यान्वयनमा आएको हो । कार्यान्वयन गर्नुको बाध्यताले अर्थमन्त्रालयले आर्थिक ऐनमा करको दर उल्लेख गर्दा जरिबाना गर्न छुटायो ।

Royal Enfield Island Ad

अन्य मन्त्रालयलाई करको दर हेरफेर गर्ने छुट नहुने र कर उठाउने विषयमा आर्थिक ऐन नै मूल ऐन हुने र अर्थमन्त्री रामजीप्रसाद बराल त्यसमा प्रष्ट नदेखिँदा यही साता गण्डकी सरकारविरुद्ध सामाजिक सञ्जालदेखि सडकसम्म चर्को विरोध र आन्दोलन भयो । सेवाग्राहीले यातायात कार्यालयमा २०० प्रतिशतसम्म जरिबाना तिर्न बाध्य भए ।

चौतर्फी विरोध भएपछि विभागीय मन्त्री कुमार खड्काले गत आइतबार नै यातायातका कर्मचारीहरूलाई अर्को सूचना नहुँदासम्म जरिबाना नलिन निर्देशन दिएका थिए । उक्त निर्देशनअनुसार जरिबाना नलिएपनि अब कसरी लिने भन्ने विषयमा अन्योल देखिएपछि बुधबार आकस्मिक मन्त्रिपरिषद् बैठक बसेर बाधा अड्काउ फुकाउ व्यवस्थामार्फत सवारी तथा यातायात ऐनमा संशोधन गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को निर्णय सुनाउनुपूर्व पृष्ठभूमिबारे बताउँदै सरकारका प्रवक्तासमेत रहेका मन्त्री खड्काले भने, “यो वर्षको आर्थिक ऐन आउँदा जरिबानाको बारेमा मौन बस्यो । लिने नलिने, लिए कति लिने भन्ने विषयमा यो ऐन मौन बस्यो," खड्काले भने, "असमञ्जसको स्थिति आएपछि यातायात कार्यालयले उक्त ऐन मौन बसेपछि हामीले जरिबाना लिने कि नलिने ? लिए कति लिने भनेर पत्राचार आयो ।”

उनकाअनुसार भौतिक मन्त्रालयलाई साउन १ गते नै पत्र लेखेर अर्थ मन्त्रालयलाई स्पष्ट पार्न भनेर सोधेको थियो ।

दुई दिनपछि अर्थले ३ गते पत्र पठाउँदै 'आर्थिक ऐनमा नभएपनि प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को दफा १७६ को क देखि घ सम्म गर्नू' भन्ने जवाफ दियो ।

ऐनको उक्त दफामा नै २०० प्रतिशतसम्म जरिबाना लिने व्यवस्था छ ।

ऐनको यही दफाअनुसार सवारी तथा यातायात कार्यालयहरूले जरिबाना लिएका कारण नागरिकस्तरको चौतर्फी विरोध भयो । बुधबार बिहान त सत्तागठबन्धकै मुख्य दल कांग्रेसको विद्यार्थी संघ नेपाल विद्यार्थी संघले प्रदशर्न गर्दै मुख्यमन्त्रीकै राजीनामा माग्यो । जबकि गत आर्थिक वर्ष २०७८/०७९ मा आर्थिक ऐन अनुसार यो जरिबाना अधिकतम ३२ प्रतिशत थियो ।

बुधबारकै प्रदेशसभा बैठकमा पनि विशेष समयमा बोल्ने सांसदहरूले यसबारेमा प्रश्न उठाए ।

प्रदेशसभा बैठक सकिएलगत्तै कोरोना संक्रमित भएपनि मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले यही विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाए ।

उक्त बैठकले गत आर्थिक वर्षमा लिने गरिएको ३२ प्रतिशत जरिबानामा पनि १२ प्रतिशत घटाएर २० प्रतिशतमात्रै लिने निर्णय गरेको छ ।

मन्त्री खड्काले भने, “यसलाई सल्टाउने दुईवटा विकल्प थिए । एउटा, आर्थिक ऐनमा भएको बाधा अड्काउ फुकाउको अधिकार अर्थमन्त्रालयलाई दिएको छ । अर्थले यो विकल्पमार्फत गतसालको झैँ व्यवस्था गर्ने । दोस्रो, सवारी तथा यातायात ऐनको दफा २१९ मा पनि बाधा अड्काउ फुकाउको अधिकार प्रदेश सरकारलाई दिएको छ । दोस्रो बाटोमा जाने भन्ने भएपछि भौतिक पूर्वाधार सहरी विकास तथा यातायात मन्त्रालयले मुख्य न्यायधिवक्तासहितको एउटा बैठक बसेर कसरी जाने भन्नेमा छलफल गर्‍यौँ ।”

उक्त छलफल गनुपूर्व मन्त्रालयले अर्थ र कानून मन्त्रालयको पनि राय लिएको थियो ।

“जनतालाई जुन कुराले सहुलियत हुन्छ त्यो बाटोबाट जानुपर्छ भन्ने हिसाबले हामीले छलफल गर्‍यौँ र पाँच वर्ष नाघ्यो भने दोब्बर दस्तुर तिर्नुपर्छ भनेको छ, पाँच वर्षमा १०० हुन्छ भने, पहिलो वर्ष २०, दोस्रोमा ४०, तेस्रो ६० र चौथोमा ८० प्रतिशतसम्म जरिबाना लिनुपर्छ भन्ने व्याख्या गरेर हामीले प्रस्ताव लग्यौँ,” खड्काले भने, “अर्थ र कानुन मन्त्रालयसँग पनि राय लिएपछि भौतिक मन्त्रालयले प्रस्ताव लग्यो, त्यसलाई मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।”

उनका अनुसार अब प्रदेश राजपत्रमा प्रकाशित भएपछि जरिबानाको सम्बन्धमा नयाँ व्यवस्था लागु हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ११, २०७९  २०:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro