site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल टी–२० लिगको चार टिम र मालिकको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना हुन लागेको नेपाल टी–२० फ्रेन्चाइज क्रिकेट लिगका लागि सोमबार चार टोलीको घोषणा गरिएको छ । 

असोज ८ देखि कात्तिक ५ गतेसम्म कीर्तिपुरस्थिति त्रिभुवन विश्वविद्यालयको मैदानमा हुन लागेको प्रतियोगिताका लागि क्यानले व्यावसायिक तथा रणनीतिक साझेदार बनाएको ‘सेभेन थ्री स्पोर्टस’ले चार टिम र टिम मालिकको नाम सार्वजनिक गरेको हो । 

चार टिममा कान्तिपुर क्यापिटल, लुम्बिनी अल स्टार्स, विराटनगर सुपरकिंग्स र जनकपुर रोयल्स रहेका छन् ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

कान्तिपुर क्यापिटलको टिम मालिकमा महेश स्वाँर, लुम्बिनी अल स्टारमा अमेरिकी मालिक सन्जय शर्मा छन् । भारतीय कम्पनी डायमन्ड डिजिक्याप प्रालिका विक्रम यादव विराटनगर सुपरकिंग्सका मालिक रहेका छन् ।  जनकपुर रोयल्सको स्वामित्व गोल्ड स्पोर्ट्स प्रालिका गौरी शंकर धमानीले पाएका छन् । 

पहिलो संस्करणको प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

बाँकी दुई टिमको नाम र टिम मालिक चाँडै सार्वजनिक गरिने क्यानले जनाएको छ ।

क्यानले यस प्रतियोगितालाई नेपालको पहिलो र एकमात्र आधिकारिक ट्वान्टी–२० क्रिकेट लिग भनेर दाबी गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नेपाल टी–२० लिगलाई मान्यता दिएको छ भने राष्ट्रिय खेलकुद परिषद्ले पनि मान्यता दिइसकेको छ । 

नेपाल क्रिकेट संघले आफ्नो ‘ड्रीम प्रोजेक्ट’ भनेर हेरिएको प्रतियोगिताका लागि सेभेन थ्री स्पोर्ट्स प्राइभेट लिमिटेडलाई व्यावसायिक र रणनीतिक साझेदारका रूपमा भित्र्याएपछि क्रिकेटकाे एक पक्षले आलोचना गरेका छन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १७:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro