site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निजी अस्पतालमा स्वास्थ्य बिमा बन्द गर्नेबारे कुनै निर्णय भएको छैन : स्वास्थ्य मन्त्रालय

काठमाडौं । आर्थिक वर्ष २०७९/०८० सुरु भएसँगै निजी अस्पताल र मेडिकल कलेजमा बिमा कार्यक्रम बन्द हुने कि नहुने भन्ने बहस सुरु भएको छ ।

यो आर्थिक बर्षको बजेट वक्तव्यमा स्वास्थ्य बिमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालहरूबाट सञ्चालन गर्ने उल्लेख छ । बजेट वक्तव्यकै आधारमा हालसम्म चारवटा निजी अस्पतालले यही आर्थिक वर्षदेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द गर्ने पत्र स्वास्थ्य बिमा बोर्डमा पठाएका छन् ।

स्वास्थ्य बिमा बोर्डका निर्देशक डा. दामोदर बसौला बजेट वक्तव्यमा सरकारी र सामुदायिक अस्पतालबाट मात्रै स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गरिने उल्लेख भएकाले बोर्डले पनि सोही बुझाइ राखेको बताउँछन् ।

"बोर्डले बजेटमा आएका कुराहरू र अहिले बिमा कार्यक्रमको अवस्थाबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई राय माग गरेका छौँ । निजी अस्पताल र मेडिकल कलेजमा अब के हुने भन्ने अहिले नै भन्नसक्ने अवस्था छैन," उनले भने ।

स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोख्रेल भने बिमा कार्यक्रमबारे मन्त्रालयले अहिले केही निर्णय नगरेको बताउँछन् । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro