site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फ्रेजर–प्रेसले जितिन् महिला १०० मिटर दौडको उपाधि, जमैकाको क्लिन स्विप

काठमाडौं । जमैकाकी शेली–एन फ्रेजर–प्रेसले विश्व एथलेटिक्स च्याम्पियनसिपको १०० मिटर दौडमा स्वर्ण पदक जितेकी छन् । विश्व एथलेटिक्स च्याम्पियसिपमा ३५ वर्षिया फ्रेजर–प्रेसको यो कीर्तिमानी पाँचौं स्वर्ण पदक हो । 

फ्रेजर–प्रेसले निर्धारित दूरी १०.६७ सेकेन्डमा पूरा गरेकी थिइन् । उनले आफ्नै देशको शेरिका ज्याकसन र लाइन थम्सन–हेर्थलाई पछि पारेकी थिइन् । रजत पदक जित्न सफल शेरिका ज्याक्सनले १०.७३ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् भने काश्य पदक जित्न सफल थम्सन–हेर्थले १०.८१ सेकेन्डमा दूरी पूरा गरेकी थिइन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

महिला १०० मिटर दौडमा अन्य देशले पदकमा क्लिन स्विप गर्न सकेका छैनन् । जमैकाका यी तीन खेलाडीले गतवर्ष जापानको टोकियोमा सम्पन्न ओलम्पिक र २००८ को विश्व च्याम्पियनसिपमा पनि क्लिन स्विप गरेका थिए । 

पुरुष १०० मिटर दौडमा भने अमेरिकाका खेलाडीले पदकमा क्लिन स्विप गरेको थियो । जुन १९९१ पछि पहिलो पटक हो । 

“यो मेरो सबैभन्दा प्रिय उपलब्धि हो । मैले ३५ वर्षको उमेरमा यो सफलता हासिल गरेको छु । हो, मै ३५ वर्षको भएँ,” फ्रेजर–प्रेसले भनिन्, “जबसम्म म स्वस्थ रहन्छु । तबसम्म म प्रतिस्पर्धा गरिरहने छु । म उपाधिको भोको छु । मलाई विश्वास छ की छिटो दौडन सक्छु । जबसम्म आफूमाथि विश्वास रहन्छ, तबसम्म दौडनेछु ।”
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १२:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro