site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जेनिफर र बेनले गरे २० वर्षको प्रेमसम्बन्धलाई विवाहमा परिणत

हलिउड । हलिउडका चर्चित अभिनेता बेन अफ्ले र गायिक/अभिनेत्री जेनिफर लोपेजले लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका छन् । उनीहरूले २० वर्ष लामो प्रेमसम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । 

उनीहरू शनिबार साँझ विवाह बन्धनमा बाँधिएका हुन्, जसको घोषणा जेनिफरले आइतबार गरेकी हुन् । जेनिफर र बेनले एउटा न्यूजलेटर मार्फत विवाह गरेको घोषणा गरेका हुन्  । उक्त न्युजलेटरमा जेनिफरले लेखेकी छन्, “माया सुन्दर हुन्छ, प्रेम दयालु हुन्छ । यसैसँग प्रेम सहनशील पनि हुन्छ । २० वर्षको पखाई । जस्तो हामी चाहन्थ्यौं ।” यसको अन्तिममा जेनिफरले आफ्नो नाममा जेनिफर अफ्लेक लेखेकी छन् । यसअघि उनीहरूले यही वर्षको अप्रिलमा इंगेजमेन्टको घोषणा गरेका थिए । 

जेनिफर र बेनको प्रेमको चर्चा सन् २००० मा भएको थियो । त्यो सँगै उनीहरूले सन् २००२ मा इंगेजमेन्ट पनि गरेका थिए । यद्यपि, त्यसको एकवर्षपछि नै उनीहरूको ब्रेकअप भयो । दुबैले पुन अरु पार्टनरसँगै विवाह गरे र सन्तान पनि भए । तर, गतवर्षदेखि बेन र जेनिफर पुनः नजिकिन थाले र अन्ततः उनीहरूको विवाह भएको छ । 

उमेरले ५२ वर्षिय जेनिफर र ४९ वर्षिय बेनलाई उनीहरू अफेयरमा हुँदा ‘बेनीफर’ उपनाम दिइन्थ्यो । उनीहरुले २००२ मा इंगेजमेन्ट गरेका थिए र एकवर्षपछि ब्रेकअप भयो । 

ब्रेकअप पछि बेनले सन् २००५ मा जेनिफर गार्नरसँग विवाह गरे । बेन र गार्नरका तीन सन्तान छन् । तर, सन् २०१८ मा उनीहरूको सम्बन्धविच्छेद भयो । 

यता, जेनिफरले पनि तीनपटक विवाह गरिसकेकी छन् । सन् १९९७ देखि १९९८को क्रममा उनको विवाह ओजानी नोआसँग भयो । त्यसपछि उनको विवाह क्रिस जुडसँग भयोजुन २००१ देखि २००३ सम्म चल्यो । त्यसपछि सन् २००४ मा जेनिफरले गायक मार्क एन्थनीसँग विवाह गरिन् । जुन १० वर्ष सम्म चल्यो र सन् २०१४ मा दुबैको सम्बन्धविच्छेद भयो । जेनिफर र मार्कका दुई जुम्ल्याहा सन्तान छन् । नवभारत टाइम्स 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ११:४३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro