site stats
बाह्रखरी :: Baahrakhari
विशेष
त्रिशूली, पश्चिम सेती र महाकालीमा आज बहाव उल्लेख्य बढ्ने
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदीहरूमा आज पानीको बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बेत्रावतीस्थित त्रिशूली, दिपायलस्थित पश्चिम सेती र पारिगाउँस्थित महाकाली नदीमा बहाव उल्लेख्य बढ्नेछ । अरू केही नदीहरूमा बहाव सामान्य बढ्ने महाशाखाले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आज सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, कास्की, लमजुङ, रोल्पा, रुकुम पश्चिम, सुर्खेत, दैलेख, बाजुरा, बझाङ, बैतडी, दार्चुला र आसपास भई बहने केही साना नदीहरूमा बहाव बढ्नेछ । केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०९:०२
प्रतिक्रिया दिनुहोस्