site stats
बाह्रखरी :: Baahrakhari
विशेष
एसियन शारीरिक सुगठन : फिटनेस फिजिकमा राजु तेस्रो

काठमाडौं । नेपालका राजु राई ५४औँ एसियन शारीरिक सुगठन प्रतियोगिताअन्तर्गत फिटनेस फिजिक स्पर्धामा तेस्रो हुन सफल भएका छन् । आइतबार राजुले १७० सेन्टिमिटर उचाइभन्दा कम समूहमा प्रतिस्पर्धा गरेका थिए ।

२४ राष्ट्रको सहभागिता रहेको एसियन शारीरिक सुगठनमा नेपालबाट राजुबाहेक सुजिता मानन्धर र उमेश राईले पनि प्रतिस्पर्धा गर्नेछन् । सुजिताले आज प्रतिस्पर्धा गर्नेछिन् । उमेशले साउन ४ गते प्रतिस्पर्धा गर्नेछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उक्त प्रतियोगितामा नेपालका डब्ल्यूबीपीएफ अन्तर्राष्ट्रिय निर्णायकहरू विजयलाल कायस्थ, नानीकाजी डंगोल र लक्ष्मण भट्टले निर्णायकको भूमिकामा छन् ।

नेपालले सन् २०२३ मा ५५औँ एसियन शारीरिक सुगठन प्रतियोगिता आयोजना गर्नेछ । आइतबार नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठलाई अन्तराष्ट्रिय क्षेत्रमा शारीरिक सुगठन खेलको विकासमा ठोस योगदान पु¥याएबापत सम्मान गरिएको थियो । नेपाली टोली साउन ५ गते नेपाल फर्कनेछ ।

प्रकाशित मिति: सोमबार, साउन २, २०७९  ०८:४७
प्रतिक्रिया दिनुहोस्