site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पुण्य घिमिरेको ‘पछाडि फर्किएर हेर्दा’ सार्वजनिक

काठमाडौं । कवि तथा साहित्यकार पुण्य घिमिरेको संस्मरणात्मक कृति ‘पछाडि फर्किएर हेर्दा’ सार्वजनिक भएको छ । २०९औँ भानु जयन्तीका अवसरमा शनिबार जोरपाटीस्थित विनसन स्कुलमा आयोजित एक कार्यक्रमबीच उक्त कृति सार्वजनिक गरिएको हो ।

कवि तथा साहित्यकार मित्रलाल पंज्ञानी, स्कुलका अध्यक्ष तथा प्राचार्य गोविन्द फ्याक लिम्बू, कवि कृष्णदेव रिमाल, कवि धर्म पोखरेल, साहित्यकार पदम बास्तोला, अधिवक्ता चेतनाथ घिमिरे, इन्जिनियर थर्कबहादुर थापाले कृति सार्वजिनक गरेका हुन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

विद्यालयका शिक्षक, विद्यार्थीसहित चेरव स्मृति प्रतिष्ठान, भैरव प्रतिष्ठान र घिमिरेबन्धु राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीहरू उपस्थित सो कार्यक्रममा कवि तथा बालप्रतिभाहरूले आफ्नो रचना वाचन गरेका छन् ।

कार्यक्रममा चेरव स्मृति प्रतिष्ठानले प्रकाशन गरेको  हिमाद्रि साहित्यिक त्रैमासिक पत्रिकाको १९, २० र २१औं अंकमाथि संक्षिप्त परिचर्चासमेत गरिएको छ ।

नेपाल विद्युत प्राधिकारणमा लामो समय काम गरेका घिमिरे चेरव स्मृति प्रतिष्ठानका अध्यक्ष र हिमाद्रि साहित्यिक त्रैमासिक पत्रिका सम्पादक पनि हुन् । उनका यसअघि दृष्टिविहीन सत्ता र चेरव स्मृति ग्रन्थ पुस्तक प्रकाशित छन् ।

प्रकाशित मिति: आइतबार, साउन १, २०७९  २१:५८
प्रतिक्रिया दिनुहोस्