काठमाडौं । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तले शिष्टाचार भेटवार्ता गरेका छन् ।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा सापकोटाले श्रीवास्तवको कार्यकालमा दुई देशबीचको सम्बन्धलाई गुणात्मक उचाइमा पुर्याउन सफल हुने विश्वास व्यक्त गरे ।
सापकोटाले नेपाल र भारतबीच सदियौँदेखि सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक सम्बन्ध रहेको चर्चा गर्दै दुई देशका जनताकाबीचको सम्बन्ध अझ गहिरो रहेको धारणा राखे ।
सभामुख सापकोटाले नेपालमा रासायनिक मल अभावले नेपाली किसान निकै चिन्तित रहेको बताउँदै भेटमा मलको विषयलाई महत्वका साथ उल्लेख गरे ।
भेटमा श्रीवास्तवले ‘कनेक्टिभिटी’लाई अझ विस्तार गर्न सकिने बताए ।