site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले निकट कर्मचारी संगठनका अध्यक्ष भन्छन्– ट्रेड युनियनलाई हटाउन हुँदैन, व्यवस्थित गर्नुपर्छ
फाइल तस्बिर ।

काठमाडौं । संसद्को राज्य व्यवस्था समितिको बैठकमा निजामती विधेयकमाथि छलफल भइरहेको छ । छलफलका लागि शुक्रबार विभिन्न दलनिकट कर्मचारी संगठनका नेतृत्वहरूलाई बोलाइएको छ ।

छलफलका क्रममा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ काेइरालाले ट्रेड युनियनको अधिकार खुम्च्याउन नहुने बताए । उनले ट्रेड युनियनलाई हटाउन नहुने बरु व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

उनले निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी नभएको पनि जकिर गरे । "जति ट्रेड युनियन छाैँ, साझा सुझाव छ । नाै वर्षकाे समयावधिमा जे टुंगिएका छन्, फेरि खाेतल्ने कुराले काम कारबाही ढिला गर्छ कि । संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी छैनन् । कानुनले विभेद गर्न हुन्न," उनले भने ।

उनले सरुवा र बढुवा प्रणालीलाई व्यवस्थित गर्नुपर्ने बताए । "चक्रिय स्वचालित गराैँ । कसैलाई हारगुहार गर्न नपर्ने गरी लेखाैँ । पाँच वर्ष एउटै पदमा काम गर्नेलाई एक र १० वर्ष काम गरेकालाई दुई तह वृद्धि गराैँ । उमेरहद ६० बनाऔँ, विभेद गर्न हुन्न । सेवा प्रवेश महिलाका लागि ४० र पुरुष ३५ ठिक छ," कोइरालाले भने ।

उनले कर्मचारीकाे प्रमाेसन छिटाे हुने व्यवस्था गर्नुपर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १४:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro