site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणकाजी भन्छन्– ओलीमा आत्मालोचनाको सट्टा अहम् देखियो 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीमा आत्मालोचनाको साटो अहम् देखिएको बताएका छन् 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफूले आत्मालोचना गरेर वाम एकताका लागि पहलकदमी लिन आग्रह गर्दा ओलीमा त्यस्तो नदेखिएको उनको भनाइ छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

“...नेकपा (एमाले)का अध्यक्ष क. केपी ओलीले को छ अरू वामपन्थी पार्टी भन्दै आफ्नो पार्टी मात्र वामपन्थी भएको खालको विचार प्रकट गर्नुभयो । क. ओलीले प्रम हुँदा संविधानको प्रावधानविरुद प्रतिनिधिसभा विघटन गरेको कारणबाट उहाँ नेतृत्वको एमालेको लोकतान्त्रिक विश्वसनीयता (क्रेडिबिलिटी) माथि समेत प्रश्न उठ्ने गरेको विषयमा आत्मालोचक हुनुको सट्टा त्यस प्रकारको अभिव्यक्ति दिनु निश्चय पनि सकारात्मक  संकेत होइन,” उनले आइतबार फेसबुकमा लेखेका छन्, “यसले अहम् त तुष्टि गर्ला, तर देश, जनता र वामपन्थी आन्दोलनलाई कुनै योगदान पुर्‍याउने छैन ।”

उनले राजनीतिलाई व्यक्ति वा समूह स्वार्थकेन्द्रित धन्दा नबनाउने हो भने देश र आन्दोलनको आजको आवश्यकता वाम तालमेल र एकता भएको पनि बताएका छन् । यसका निम्ति सम्बन्धित सबैले गम्भीर आत्मालोचना भावसहित इमानदार अग्रसरता देखाउनुपर्ने उनको भनाइ छ ।

“बेलैमा बुद्धि पुर्‍याऔँ, नत्र धेरै ढिलो भइसकेको हुन सक्नेछ । त्यस बेला पछुतो मात्र बाँकी होला कि ! समयमै सोचौँ,” उनले लेखेका छन् ।

शनिबारको उक्तमा कार्यक्रममा ओली, नाराणकाजीलगायत नेताहरूले एउटै मञ्चबाट वाम एकताबारे धारणा राखेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro