site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपाल नामिबियासँग पराजित, स्कटल्यान्डसँग भिड्दै
फाइल तस्बिर ।

काठमाडौं । आईसीसी पुरुष विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपाल फेरि पनि नामिबियासँग पराजित भएको छ ।

स्कटल्यान्डमा गए राति सम्पन्न खेलमा नेपाल नामिबियासँग ६३ रनले पराजित भएको हो । जारी सिरिजमा यसअघि भएको पहिलो खेलमा पनि नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो ।

नामिबियाले जितका लागि नेपाललाई २०० रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ३७.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ३८ रन बनाए । यस्तै, आसिफ शेखले ३४ रन जोड्दा आदील आलमले २० रन बनाए । रोहित पौडेलले १७ तथा पवन सर्राफ १० रनमा अविजित रहे ।

आरिफ शेखले चार रन तथा देव खनाल र सोमपाल कामीले एक/एक रन जोडे भने कुशल भुर्तेल, कप्तान सन्दीप लामिछाने र बसिर अहमेदले खाता खोल्न सकेनन् ।

नामिबियाका बेर्नार्ड स्कोल्ट्जले पाँच विकेट लिए भने जान फ्राइलिंकले तीन विकेट लिए ।

त्यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नामिबियाले ४९.२ ओभरमा सबै विकेट गुमाउँदै १९९ रन बनाएको थियो । नामिबियाका लागि कप्तान जेहार्ड एरास्मसले सर्वाधिक ५३ रनको योगदान दिए ।

यस्तै, डेभिड विएसले ३४ रन जोड्दा जेजे स्मिथ र डिभान ला ककले समान २७ रन जोडे । जान निकोल र रुबेन ट्रम्पेलम्यानले समान १९ रन बनाए ।

नेपालका कप्तान सन्दीप लामिछानेले चार विकेट लिए भने सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान दुई/दुई विकेट लिए । बसिर अहमेदले एक विकेट लिए ।

स्कटल्यान्डसँग भिड्दै
सिरिजअन्तर्गतको अन्तिम खेल नेपालले आज स्कटल्यान्डसँग खेल्नेछ । यसअघि भएको खेलमा नेपालले स्कटल्यान्डलाई पाँच विकेटले हराएको थियो ।

हारसँगै नेपाल लिग–२ को अंकतालिकाको छैटौँ स्थानमा झरेको छ । नेपालले १९ खेलबाट १७ अंक जोडेको छ । नामिबिया भने १८ खेलबाट १८ अंक जोडेर पाँचौँ स्थानमा उक्लिएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०९:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro