site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जगदीशपुर ताललाई ‘बर्ड स्याङचुरी’ घोषणा

बुटवल । कपिलवस्तुको जगदीशपुर ताललाई ‘बर्ड स्याङचुरी’ घोषणा गरिएको छ । लुम्बिनी प्रदेशको बन तथा वातावरण मन्त्रालयले नवनिर्मित जगदीशपुर ताललाई ‘बर्ड स्याङचुरी’ घोषणा गरेको हो ।

जगदीशपुर तालमा आयोजित एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, बनमन्त्री सुरेन्द्र हमाललगायत अन्य मन्त्रालयका मन्त्री, राज्यमन्त्री, प्रदेश सरकारका मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेश सांसद, जनप्रतिनिधिलगायतको उपस्थितिमा जगदीशपुर तालमा एक कार्यक्रम गरी बर्ड स्याङचुरी घोषणा गरिएको हो । 

मुख्यमन्त्री केसीले मानव निर्मित जगदीशपुर ताल ओझेलमा पर्दै आएको भन्दै अब स्याङचुरी घोषणाले सकारात्मक रुपमा आगाडि जाने बताए ।  उनले स्थानीय  जनताको मुहार फेरिनेमा विश्वास व्यक्त गरे । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

केसीले भने, “अब जगदीशपुर तालमा संसारभरका पर्यटक मात्र आउँदैनन्, पाहुना चरा पनि आउँछन् । उनले प्रदेश सरकारले विषेश ध्यान दिएको बताउँदै यहाँ आउनेहरु लाई अर्को संसारमा आएजस्तै गराउने बताए ।”

 जगदीशपुर ताललाई पर्यापर्यटकीय हिसाबले विकास गर्न खोजिएको भन्दै ताल नेपालमा अनेकौं रहेको तर यसको महत्व अरुमा भेटाउन नसकिने उनले बताए ।

कार्यक्रममा बन तथा वातारणमन्त्री सुरेन्द्र हमालले जगदीशपुर तालमा आगामी वर्ष धेरै परिवर्तन भएको देख्न सकिने गरी काम हुने दाबी गरे । 

मन्त्रालयले अध्ययन गरेर  ‘बर्ड स्याङचुरी’ घोषणा गरेको भन्दै यसले यही क्षेत्रको विकासमा महत्वपूर्ण काम हुने बताए । उनले भने, “जगदीशपुर तालमा फरक फरक चराहरुको घर हो । जहाँ उनीहरु चिसो छल्न आउने गर्छन् ।”

यो तालमा हरेक वर्ष विश्वमा नै लोपोन्मुख मानिएका चराहरु आउने भएकोले यो आफैंमा चराहरुको घरको रुपमा विकास हुँदै गएको उनको भनाइ थियो ।

ताल १५७ हेक्टर क्षेत्रफलमा फैलिएको छ । नेपालीभन्दा बाहिरबाट धेरै चराहरु आउने यो क्षेत्र नेपालकै सबैभन्दा धेरै चराहरु आउने सिमसार क्षेत्रकोरुपमा समेत चिनिन्छ । अहिले रहेका कूल १० सिमसार क्षेत्रमध्येको एक यसलाई सन् २००३ मा विश्व सिमसारको सूचीमा राखिएको थियो । यहाँ तालमा पेकिंग डग, नील टाउके, माल्टाज, फिस्टा, खट्खटे र विभिन्न जातिका पानी हाँस, सारस, सुनजुरे, भुँडीफोर, ध्यानी बकुल्ला र सेतो गरुडलगायत लापोन्मुख चराहरु आउने गर्छन् । यो तालमा ११८ भन्दा बढी प्रजातिका चराहरु पाइने दाबी छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  ०८:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro