देश
चितवन । नारायगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९, केराबारीमा ट्रक र स्कारपियो एकापसमा ठक्कर खाँदा सातजना घाइते भएका छन् । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।
नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना६ख २७७२ नम्बरको ट्रकले आज साँझ विपरीत दिशाबाट आउँदै गरेको ग२च ३५१२ नम्बरको स्कारपियोलाई ठक्कर दिँदा स्कारपियोमा सवार चालकसहित सात घाइते भएका हुन् ।
घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस
प्रकाशित मिति: शनिबार, असार ३२, २०७९ २२:०१
प्रतिक्रिया दिनुहोस्