फोटो फिचर
काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आइतबार इद उल अज्हा (बकर इद) मनाउँदैछन् । नेपालमा पनि मुस्लिम धर्मावलम्बीहरूले धुमधामका साथ बकर इद मनाउँछन् ।
शुक्रबार बकर इदका लागि काठमाडौंको कलंकीस्थित खसी बजारमा खसी बोका किन्नेहरूको भिड थियो ।
बकर इदमा अल्लाहमा बलि दिने गरिन्छ । त्यसैले यसलाई कुर्बानी पनि भनिन्छ । इदको दिन बिहान मस्जिद गएर प्राथना गरेपछि एक आपसमा शुभकामना दिने गरिन्छ ।
बकर इदको अवसरमा सरकारले आइतबार सार्वजनिक विदा पनि दिएको छ ।
तस्बिरहरू : सुनिल प्रधान/बाह्रखरी
प्रकाशित मिति: शनिबार, असार २५, २०७९ २०:११
प्रतिक्रिया दिनुहोस्