site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
पद्मसुन्दर जोशी को 'हिति प्रणाली' विमोचित
SkywellSkywell

काठमाडौँ । पब्लिकेसन नेपालयले प्राचीन हिति प्रणालीमाथि लेखिएको पद्म सुन्दर जोशीको वृहत् अनुसन्धनात्मक कृति ‘हिति प्रणाली’ प्रकाशित गरेको छ । ललितपुर महानगरपालिकाले बुधबार आयोजना गरेको एक कार्यक्रममा काठमाडौं उपत्यकाका नगरप्रमुख, जनप्रतिनिधि,योजनाविद्, सम्पदा संरक्षण अभियानकर्ताका बिच‌ 'हिति प्रणाली'  पुस्तकको लोकार्पण गरिएको हो । कार्यक्रममा लेखक पद्मसुन्दर जोशीले ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन र नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) का उपकुलपति सुनिल बाबु श्रेष्ठलाई पुस्तक हस्तान्तरण गरेका थिए । 

आधा शताव्दी अघिसम्म पनि नेपाल भनेर चिनिने काठमाडौं उपत्यका हालको जनसंख्या बिस्फोट हुनु अघिसम्म बास्तुकला र संस्कृतीको बिश्वस्तरको जिउंदो नमुना थियो । केही दशकयता खासगरी बि.सं २००७ सालको खुलापन पछि र अझ २०४६को परिवर्तन पछि योजनाबिहीन र अनियन्त्रित आप्रवासनसंगै यहाँका कलाकौशल र सम्पदाहरु उपेक्षामा परेक छन् । फलस्वरुप, तिनको यथोचित प्रर्बद्धन् त परै जाओस्, भएका सम्पदा पनि लोपोन्मुख अवस्थामा छन् । यसैक्रममा भत्किएको एउटा सुन्दर र कौशलपूर्ण सम्पदा हो हिति प्रणाली । हिति प्रणाली काठमाडौं उपत्यकाको एउटा अद्वितीय र सम्पन्न जल व्यवस्थापन प्रणाली हो । यो प्रणालीको सबैभन्दा पुरानो लिखित प्रमाण किराँत र लिच्छवी काल (झण्डै १७०० वर्ष पहिले) अङ्कित गरिएको पाइन्छ ।  

Dabur Nepal
NIC Asia

नेपाल भाषामा 'यि' को सम्बन्ध येंचु अर्थात सफा हुन्छ भने भोट-बर्मेली भाषामा 'ति' वा 'डि' को अर्थ पानी हुने र यसरी यितिको अर्थ सफा पानी भन्ने बुझिन्छ । उपत्यका वरीपरीका पहाडका भिरालो पाखाबाट तल झरेका किरातहरुसंग पानीको स्रोतको रुपमा मूल फुटेर बग्ने पानी सम्बन्धि ज्ञान थियो भने दक्षिणतिरबाट उपत्यका पसेका लिच्छवीहरुसित भूमिगत जल र ईनारको । हिति प्रणाली यी दुबै ज्ञानको सम्मिश्रणको उत्कृष्ट परिणामको रुपमा लिन सकिन्छ । मल्लकालका हितिहरुको कलात्मकता र प्राविधिक विशिष्टताले यस कालमा यी हितिहरु अरु परिष्कृत र व्यापक बनेको देखिन्छ । 

पानीको प्रमुख स्रोतको रुपमा प्रयोग गरिने हिति अर्थात ढुंगेधाराहरु आज लगभग नष्ट हुने अवस्थामा पुगेका छन्  । हुन त अझै पनि केही हितिहरु परिचालन मै छन्, तर धेरैजसो हितिप्रणालीका अवयवहरु नष्ट भइसकेका छन् । त्यसैले भएका हितिहरुको प्रबर्धन गर्नु र बिग्रन लागेकाहरुको संरक्षण गर्न ढीलै भइसकेकोछ । यसै कार्यमा टेवा पुगोस् भन्ने उद्देश्यले उपलव्ध सूचना र ज्ञानको संकलन गरी हिति प्रणालीको उद्गम, यसको प्राविधिक पक्ष, व्यवस्थापनका स्थापित पद्धत्तीहरु र हाल आएर हिति प्रणाली माथि भइरहेका व्यभिचारहरु र पुनर्निमाणका सम्भावनाहरुलाई समेटेर यो पुस्तक तयार पारिएको छ । 

पुस्तकका लेखक जोशी भन्छन् - 'आजको समयमा दिगो सहरी खानेपानी योजनाहरू डिजाइन गर्दा, हामी बीस वर्षको योजना बनाउँछौं; यदि धेरै महत्वाकांक्षी योजना छ भने तीस-वर्षे पनि होला ! आधुनिक जलविज्ञान र इन्जिनियरिङले त्यो भन्दा बढी कल्पना गर्न सक्दैन तर हाम्रो हिति प्रणाली भने एउटा ऐतिहासिक प्राविधिक चमत्कार नै हो, किनभने यसले झण्डै दुई हजार वर्षदेखि पानीको बहाव व्यवस्थापन गरेको छ । हिति प्रणाली, भावी पिंढी र संसारको सबैभन्दा आधुनिक प्रविधिको लागि पनि अकल्पनीय उदाहरण हो ।'

कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु‌‌ महर्जनले हिति सम्बन्धी पुस्तक प्रकाशित हुँदा सबैभन्दा खुसी आफू हुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २४, २०७९  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu