site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौँ । पत्रकार हरिबहादुर थापाद्वारा लिखित ‘रजगज’ नामक पुस्तक बजारमा आएको छ । 

राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रका भ्रष्टाचारलाई उजागर गरिएको पुस्तकलाई पत्रकार थापाले निकै सरल र सटिक रुपमा प्रस्तुत गरेका छन् । 

जम्मा ३५४ पृष्ठको पुस्तकमा नौ विषयसूची क्रमशः दरबारिया दाउ, जाँचबुजको कर्मकाण्ड, पञ्चायतकालीन काण्ड, भ्रष्टाचारको मुहान, भ्रष्टाचारी मन्त्रीहरु, अर्थलोलुप कर्मचारीतन्त्र, बद्नियतको शृङ्खला, समानान्तर सत्ता र फितलो कार्यान्वयन रहेको छ । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उक्त पुस्तकको आज एक कार्यक्रममा विमोचन गर्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले भ्रष्टाचारको विविध पाटोलाई छर्लङ्ग पारिएको पुस्तक भावी पुस्ताका लागि ऐतिहासिक दस्तावेज हुने बताए । 

उनले मुलुकमा व्याप्त भ्रष्टाचारलाई निमूर्ल गर्न अभियान नै चलाउन जरुरी भएको उल्लेख गरे । “भ्रष्टाचार अति भइसक्यो, यसले देशलाई बर्बादीतर्फ लगिरहेको छ, ‘एकथरि सोरेर खाने अर्कोथरी नाङ्गिएर बाच्नुपर्ने’ अवस्था रहेकाले अब, भ्रष्टाचारविरुद्ध अभियान नै चलाउनुपर्छ,”–पूर्व प्रधानन्यायाधीश कार्कीले भनिन् । 
उनले राजनीतिदेखि न्यायालयसम्म भ्रष्टाचार मौलाउँदै गएको र यसमा पढे लेखेका समुदाय र नागरिक समाजले डटेर विरोध गर्नुपर्नेमा जोड दिइन्। 

Royal Enfield Island Ad

सांसद राधेश्याम अधिकारीले २०४६ देखि २०७३ सालसम्मको राजनीतिक कालखण्डको ऐतिहासिक दस्तावेजलाई उल्लेख गरिएको पुस्तक पारदर्शिता, भ्रष्टाचारविरुद्धको अभियानमा संलग्न संस्थाको सन्दर्भ सामग्री बन्ने सङ्ग्रहणीय पुस्तक हो भने । 

पुस्तकले राजनीतिक दल, संसद, अदालत र अख्तियारको कमीकमजोरी र वेतिथिलाई सान्दर्भिक रुपमा औंल्याएको उनले उल्लेख गरे । 

सर्वोच्च अदालतका पूर्व न्यायाधीश प्रकाश वस्तीले भ्रष्टाचारको जटिल विषयलाई सरल ढङ्गले प्रस्तुत गरिएको पुस्तकले राज्य ढुकुटीको दोहन, भ्रष्टाचारीलाई उन्मुक्ति तथा नीतिगत भ्रष्टाचारजस्ता विषयलाई उजागर गरेको बताए। 

पुस्तकका लेखक थापाले लामो समयको अध्ययन र तथ्यपरक रुपमा लेखिएको पुस्तकमा राणाकालदेखि अहिलेसम्मको अवस्थालाई उजागर गरिएको बताए । फाइन प्रिन्टले प्रकाशन गरेको उक्त पुस्तकको मूल्य रु ४८८ रहेको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ १४, २०७४  ०२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro