site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यसरी निकाले नर्भिकका चिकित्सकले बिनाशल्यक्रिया पेटमा अड्किएको चम्चा (भिडियो कुराकानी) 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । यही असार १२ गते थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा जटिल समस्या लिएर आएकी एक किशोरीको सफतलापूर्वक उपचार गरियो । १२ गते आइतबार साँझ झन्डै पाँच बजेको समयमा १७ वर्षीया किशोरी पेटको समस्या लिएर थापाथलीस्थित नर्भिक अस्पताल आइपुगेकी थिइन् । 

सामान्य अवस्थामा आइपुगेकी उनले आफ्नो मुखबाट चम्चाभित्र छिरेको बताएपछि नर्भिक अस्पतालका पेट कलेजो रोग विशेषज्ञ, विभागीय प्रमुख डा. सन्दीपराज कुँवर नेतृत्वको टोलीले ती किशोरीको उपचार प्रक्रिया सुरु गरेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

भिडियो एक्स्रेमा उनको पेटमा झन्डै १० १२ सेन्टिमिटरको चम्चा आमाशयमा पुगेर अड्किएको देखियो । ४५ मिनेट लामो जटिल इन्डोस्कोपी प्रक्रियापछि सो चम्चा निकालिएको थियो । असार १३ गते सोमबार बिहानसम्म किशोरीको अवस्था सामान्य भइसकेको थियो । अस्पतालले उनलाई सोमबार बिहान नै डिस्चार्ज गरेको थियो । 

Royal Enfield Island Ad

डा. कुँवरका अनुसार विशेषगरी बालबालिका र मदिरा सेवन गर्ने व्यक्तिहरूमा अन्जानबस पेटमा खाद्यनली तथा पेटमा सिक्का, पिन, फलफूलको दानाजस्ता वस्तुहरू अड्किने घटना धेरै भएको पाइएको छ । कुनै धारिलो वस्तु पेटसम्म पुगेमा त्यसले आन्द्रा प्वाल पार्ने, सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा उपचार ढिलो भएको भए सानो आन्द्रा प्वाल पर्ने, पेटभित्र रक्तश्राव हुने, अन्य खानेकुरा समेतलाई ब्लक गरी जटिल समस्या निम्तिन सक्ने सम्भावना रहन्छ । 

यस्तै, एउटा जटिलमध्येको एक समस्या लिएर आएकी थिइन् ती किशोरी । यो केस आफ्नो कार्यकालमा अहिलेसम्मकै नयाँ अनुभव भएको बताउने डा. कुँवरको टिमले कसरी सफलतापूर्वक ती बिरामीको सकुशल उपचार गर्‍यो ? यिनै विषयमा केन्द्रित रहेर बाह्रखरीकर्मी अस्मिता रिजालले नर्भिक इन्टरनेसनल हस्पिटलका पेट कलेजो रोग विशेषज्ञ डा. सन्दीपराज कुँवरसँग गरेको भिडियो कुराकानी :

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  १४:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro