विशेष
काठमाडौं । कास्की र गोरखामा आज भूकम्पको धक्का महसुस गरिएको छ ।
बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
यो विनाशकारी ‘गोरखा भूकम्प’को परकम्प नभई नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिए । “यो परकम्प होइन, भूकम्प हो,” उनले बाह्रखरीसित भने ।
यस्तै, आजै बिहान गोरखामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ७ बजेर २२ मिनेटमा गोरखाको थुमी आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको हो ।
थुमीको धक्का भने गोरखा भूकम्पकै परकम्प भएको भूकम्पविद् भट्टराईले बताए ।
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९ १०:३६
प्रतिक्रिया दिनुहोस्