विशेष
![गापा उपाध्यक्षको नातापर्नेको मृत्युपछि पालिकाभर सार्वजनिक बिदा](https://12khari.top/uploads/posts/gapa1655629055.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
बुटवल । रुपन्देही दक्षिणी क्षेत्रको मर्चवारी गाउँपालिकाले आज गाउँपालिकामा सार्वजनिक बिदा दिएको छ । मर्चवारी गाउँपालिकाका उपाध्यक्ष आशा सिंहको देवर नाता पर्नेको मृत्यु भएपछि गाउँपालिकामा बिदा दिइएको हो ।
गाउँपालिका अध्यक्ष गयाप्रसाद वरइद्वारा जारी एउटा सूचनामा बिदाको जानकारी दिइएको छ । देवर नाता पर्नेको मृत्यु भएको भनिए पनि सूचनामा मृतकको नाम उल्लेख गरिएको छैन।
गाउँपालिकाले मृतक प्रति श्रद्धाञ्जली दिँदै असार ५ गते गाउँपालिका , सबै वडा कार्यालय, सम्पूर्ण विद्यालय, संघ–संस्था बन्द रहने जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार ५, २०७९ १४:४२
प्रतिक्रिया दिनुहोस्