1655462091.jpg)
हलिउड । कमेडियन क्रिस रक र अभिनेता ड्वेन जोनसनलाई यही सेप्टेम्बरमा एनबीसीमा प्रसारण हुने ‘प्राइमटाइम एमी अवार्ड’ सञ्चालन गर्न अफर गरिएको छ ।
बलिउड हंगामाका अनुसार, ओस्करमा अभिनेता विल स्मिथको थप्पड काण्डपछि चर्चामा रहेका क्रिसलाई अर्को वर्षको ओस्कर होस्ट गर्न अफर गरिसकेको छ भने प्राइमटाइम एमी अवार्ड होस्ट गर्न पनि अफर गरिएको छ । यसबाहेक, २०२२ ओस्कारका लागि होस्टको शीर्ष सूचीमा रहेका ड्वेन जोन्सनलाई पनि एमिज होस्ट गर्न सम्पर्क गरिएको थियो ।”
यद्यपि, अभिनेता जोनसनले होस्टका लागि आएको अनौपचाकि प्रस्तावलाई अस्वीकार गरेका छन् । उनले अवार्ड शो होस्ट गर्ने सम्भावना निकै कम रहेको बताइएको छ । यसअघि जोनसनले सन् २००५ र सन् २०१६ मा ओस्कार सञ्चालन गरिसकेका छन् ।