site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रोयल्टी वितरण कि बाँडफाँड ?
SkywellSkywell

काठमाडौं । संगीत तथा रोयल्टी संकलन समाज नेपालले आज रोयल्टी वितरण गर्दै छ । समाजमा आबद्ध सदस्यहरूले रोयल्टी थाप्नेछन् । समाजमा करिब साढे १७ सय सदस्य छन् । समाजका अनुसार करिब साढे १७ सय कलाकारले रोयल्टी बुझ्नेछन् ।

समाजको सदस्यता नलिएका संगीतकर्मीले भने रोयल्टी पाउने छैनन् । समाजका पदाधिकारी तथा सदस्यहरूले यो सूचना रोयल्टी वितरणको जानकारी दिँदै प्रष्ट रूपमा उल्लेख गरेका थिए । समाजको सदस्यता नलिएका तर गीत–संगीत बजेका कलाकारले रोयल्टी पाउने छैनन् । सदस्यता नै रोयल्टी वितरणको आधार भएको संगीत तथा रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारीले जानकारी दिए ।

सदस्यता नलिएका कलाकारले रोयल्टी पाउँदैनन् ?
अध्यक्ष अधिकारी भन्छन्, “संगीत तथा रोयल्टी संकलन समाज नेपालको सदस्यता नलिनु भनेको मेरो रोयल्टी तिमीले नउठाऊ भनेको हो । त्यसैले हामी उनीहरूलाई रोयल्टी वितरण गर्न सक्दैनौँ ।” 

KFC Island Ad
NIC Asia

उनी सदस्यता नलिएका कलाकारको रोयल्टी समाजले नउठाएको दाबी गर्छन् । “सदस्यता लिनु भनेको मेरो रोयल्टी उठाइदेऊ भनेको हो । सदस्यता नलिनु भनेको मेरो गीत–संगीतको रोयल्टी म आफैँ उठाउँछु वा जे गर्छु गरौँला, तर समाजले नउठाओस् भनेको हो,” उनी उदाहरण दिँदै प्रष्ट पार्छन्, “कैलाश खेर र गुलाम अलीको पनि गीत रेडियो नेपालमा बज्छ । तर, उनीहरू हाम्रो सदस्य नभएकाले उनीहरूको रोयल्टी लिने अधिकार हामीलाई छैन, लिन मिल्दैन ।”

यता, उनले भनेजस्तो संगीत तथा रोयल्टी संकलन समाज नेपालले आफ्ना सदस्यहरूको मात्रै रोयल्टी नउठाएको पाइएको छ । रेडियो नेपालले आफ्नो रेडियोमा बजेका सम्पूर्ण गीतको रोयल्टी समाजले लैजाने गरेको जनाएको छ ।

Royal Enfield Island Ad

“हामीेले कस–कसको गीत बजायौँ भनेर वर्षभरि बजेका गीतको सूचीसहित रोयल्टी प्रदान गर्दै आएका छौँ,” रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख नवराज लम्सालले भने, “उहाँहरूले यी–यी गायक/गायिका हाम्रो संस्थाका सदस्य होइनन्, त्यसैले उहाँहरूको रोयल्टी लैजादैनौँ भनेर भन्नुभएको छैन । हामी जति दिन्छौँ त्यति लगिरहनुभएको छ ।”

संगीत तथा रोयल्टी संकलन समाजलाई रेडियो नेपालले वार्षिक ७५ हजार रुपैयाँ रोयल्टी उपलब्ध गराउँदै आएको छ । वार्षिक व्यावसायिक आम्दानीको एक प्रतिशत रोयल्टी दिने रेडियो नेपालसँग समाजको लिखित सम्झौता छ । तर, केही वर्षदेखि समाजले वार्षिक बुझ्दै आएको ७५ हजार रुपैयाँ लिएको छैन ।

“उहाँहरू रोयल्टी थोरै भयो वार्षिक न्यूनतम १० लाख रुपैयाँ चाहियो भनेर केही वर्ष पहिले आउनुभएको थियो । ७५ हजार थोरै भयो भनेर लैजानुभएको छैन,” रेडियो नेपालका कार्यकारी निर्देशक बुद्दिबहादुर केसी भन्छन्, “केही वर्षयता थोरै भयो भनेर सम्झौता नवीकरण गर्न पनि आउनुभएको छैन ।”

उनी समाजले आफ्ना सदस्यलाई मात्रै रोयल्टी दिन्छ भन्नेबारे आफूलाई जानकारी समेत नभएको बताउँछन् । “गायक/गायिका जस–जसका गीत बज्छन्, उनीहरू सबैलाई रोयल्टी वितरण हुन्छ भन्ने हाम्रो बुझाइ थियो,” कार्यकारी निर्देशक केसी भन्छन् । उनी रेडियोले बुझाउने रोयल्टी रकम निकै कम रहेको तर संस्थाको आय नै कम भएकाले चाहेर पनि धेरै रकम उपलब्ध गराउन नसकेको बताउँछन् ।

आफूले केही वर्ष अगाडि नै वार्षिक दुई लाख रुपैयाँ रोयल्टी दिने निर्णय गराए पनि समाज सम्झौताका लागि नआएको नवराज बताउँछन् ।

कपिराइट एवं रोयल्टी अभियन्ता तथा संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेष रोयल्टी वितरणको वैज्ञानिक मापदण्ड नबनाई वितरण गरिनु तलत भएको बताउँछन् । दामासाही तरिकाले रोयल्टी वितरण गरिनु आफैँमा गलत कदम भएको उनको तर्क छ । “कसको गीत कहाँ कतिपटक बजेको छ, त्यसका आधारमा स्रष्टाले रोयल्टी पाउनुपर्छ,” लक्ष्मण भन्छन्, “हचुवाका भरमा जसलाई जति मन लाग्यो त्यति वितरण गर्न पाइँदैन ।”

जसको गीत जति बजेको छ, त्यसका आधारमा रोयल्टी पाउनुपर्ने उनको जिकिर छ । “मेरो गीत चलेको छैन भने मैले रोयल्टी पाउँनु हुँदैन भन्ने रोयल्टीको अवधारणा हो । कसरी दामासाहीमा रोयल्टी बाँड्न मिल्छ, त्यो नै मैले बुझेको छैन,” लक्ष्मण भन्छन्, “जसको गीत धेरै बज्छ र धेरै ठाउँमा प्रयोग हुन्छ, उसले रोयल्टी पाउने हो । जसको गीत बजेको छैन र प्रयोग भएको छैन, उसले नपाउने रोयल्टी वितरणको विश्वव्यापी मान्यता हो ।”

गीत कतै बजेको छैन, तर सदस्यता लिएको भरमा रोयल्टी वितरण गरिन्छ भने त्यो रोयल्टीको अवधारणाविपरीत हुने उनको जिरिह छ । कुन प्लेटफर्ममा गीत कति बजेको छ, त्यसका आधारमा मात्रै रोयल्टी विरतण गर्न पाइने उनको तर्क छ ।

“अहिले जसरी रोयल्टी विरतण गरिँदै छ यो अन्योल छ, प्रष्ट र पारदर्शी छैन । संगीत तथा रोयल्टी संकलन समाज नेपाल संगीतकार संघ र गीतकार संघले अवैधानिक भनेको संस्था होे । अवैधानिक रूपमा स्थापित भएको कार्यसमितिलाई हामीले स्वीकार गरेका छैनौँ । के गर्दै छौँ भनेर संगीतकार संघ र गीतकार संघलाई जानकारी पनि दिइएको छैन । त्यसैले समाजको यो निर्णयलाई हामी सहमति दिँदैनौँ र दिएका पनि छैनौँ,” लक्ष्मण अगाडि थप्छन्, “समाजको तीन वर्षदेखि लेखापरीक्षण साधारणसभाले पास गरेको छैन । तीनै वर्ष कोषाध्यक्षका प्रतिवेदन फेल भएका छन् । त्यसैले के बाँड्दै छ भन्ने नै धेरै कलाकारलाई थाहा छैन ।”

कुन सवारीसाधनमा र कहाँ कति गीत बजेको छ भन्ने डाटा स्पष्ट नहुने भन्दै गीतकार एवं संगीत तथा रोयल्टी संकलन समाजका पूर्वअध्यक्ष यादव खरेल भन्छन्, “कसरी रोयल्टी वितरण गर्दै छन् मलाई थाहा छैन ।”

सीआरबीटी र पीआरबीटीबाहेक अरू प्लेटफर्मको डाटा स्पष्ट नहुने भन्दै उनी भन्छन्, “यस्तो अवस्थामा विश्वसनीय र वैज्ञानिक आधार खडा गरिनुपर्छ । अन्यथा, यसको विरोध हुन्छ । संस्थाका सदस्यलाई मात्रै रोयल्टी विरतण गर्ने हो भने सम्बन्धित प्लेटफर्मबाट सदस्यता नलिएको व्यक्तिको रोयल्टी समाजले उठाउनु हुँदैन ।”

गीतकार राजेन्द्र थापा संगीत तथा रोयल्टी संकलन समाज नेपालको आफू पूर्वअध्यक्ष तथा सल्लाहकारसमेत भए पनि रोयल्टी वितरण र यसको प्रक्रियाबारे आफूलाई कुनै जानकारी नभएको बताउँछन् । “म स्वयं संस्थाको पूर्वअध्यक्ष तथा वर्तमान सल्लाहकार हुँ । तर पनि मलाई रोयल्टी विरतण र यसको प्रक्रियाबारे केही जानकारी छैन,” उनी भन्छन्, “कस्तो प्रक्रिया र मापदण्ड अपनाएर बाँडिँदै छ म छक्क परेर बाहिरबाटै हेर्दै छु । मैले सुनेजस्तो हो भने यो रोयल्टी वितरण होइन यो चन्दा बाँडफाँड मात्रै हो ।”

उनी दुई/तीन करोड रुपैयाँ वितरणभन्दा ठूलो कुरा संस्थाको पारदर्शिता भएको बताउँछन् । “करोडौँ रुपैयाँ हिनामिना भएको छ, त्यसैले यसको पारदर्शिता चाहियो भन्ने मेरो माग हो । यसलाई पारदर्शी बनाऊ भनेर मैले वर्षौँदेखि भन्दै आएको छु । युट्युबजस्ता प्लेटफर्मबाट रोयल्टी उठाउनुपर्छ भन्ने मेरो माग छ,” राजेन्द्र भन्छन्, “अहिले यातायातजस्ता अनप्लग्ड प्लेटफर्मबाट उठ्ने रकमको पारदर्शिता हुनुपर्‍यो भन्ने मेरो पुरानै माग हो ।” अहिलेसम्म उठेको पैसाको हिसाबकिताब पारदर्शी रूपमा बुझाउनुपर्नेमा उनको जोड छ ।

समाजले आज दुई करोड ७१ लाख २६ हजार ८३ रुपैयाँ रोयल्टी गायक/गायिका तथा संगीतकारहरूलाई वितरण गर्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro