बन्चरेडाँडा । काठमाडौं उपत्यकाको फोहोर आजदेखि पुनः बन्चरेडाँडामा विसर्जन गर्न थालिएको छ । प्रहरीको सुरक्षा घेराबीच फोहोर व्यवस्थापन गरिएको हो ।
फोहोर बोकेका १०० भन्दा बढी ट्रक बन्चरेडाँडातर्फ लागेका छन् । मंगलबार दिउँसो बन्चरेडाँडा क्षेत्रमा फोहोर बोकेका गाडीको लामो लाइन लागेको थियो ।
धादिङको धुनिबेसी नगरपालिका–१ स्थित बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने क्रममा आज प्रहरी र स्थानीयबीच झडप समेत भएको थियो । स्थानीयले फोहोर बोकेका गाडीलाई अवरोध गरेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।
मंगलबार बिहानदेखि सोमबार काठमाडौंमा भएको फोहोर व्यवस्थापनसम्बन्धी सहमति नमान्ने भन्दै स्थानीयले अवरोध गरेका थिए । दिउँसो पुगेको प्रहरी टोलीले स्थानीयको घरमै पसेर लाठी प्रहार गरेको थियो । लाठी प्रहारबाट केही स्थानीय घाइते भएका छन् । स्थानीयको ढुंगा प्रहारबाट एकजना प्रहरी पनि घाइते भएका छन् ।
यसैबीच, सो क्षेत्रमा गन्ध नियन्त्रण गर्न केमिकल पनि छर्किएको छ ।
तस्बिर हेर्नोस्–