site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
सत्तापक्ष र प्रतिपक्ष एकअर्काविरुद्ध खनिएपछि... (तस्बिरहरू)

काठमाडौं । प्रतिपक्ष र सत्तापक्षका सांसदहरू उभिएपछि आइतबार प्रतिनिधिसभाको बैठक स्थगित गर्नुपर्‍यो । आइतबार बैठक सुरु भएलगत्तै प्रतिपक्ष दलका सांसदहरूले पुरानै माग राखेर संसद् अवरुद्ध गरेका थिए ।

विपक्षी दलका सांसदहरूले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ नदिएसम्म बैठक चल्न नदिने अडान दोहोर्‍याएका थिए ।

अर्कोतिर सत्तापक्षका सांसदहरूले शुक्रबार राजावादीको आन्दोलनमा सर्वसाधारणले अनाहकमा ज्यान गुमाएको विषयमा सांसदहरूले बोल्न पाउनुपर्ने अडान राखे ।

त्यसक्रममा एकले अर्कामाथि आरोप लगाउनेदेखि नाराबाजीसमेत भएको थियो । सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच भनाभन भएपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

हेर्नुहोस् तस्बिरहरू

Parliamentt-(4)-1743324049.jpg

Parliamentt-(2)-1743324048.jpg

Parliamentt-(3)-1743324048.jpg

Parliamentt-(14)-1743324054.jpg

Parliamentt-(1)-1743324054.jpg

Parliamentt-(12)-1743324053.jpg

Parliamentt-(5)-1743324049.jpg

Parliamentt-(9)-1743324051.jpg

Parliamentt-(7)-1743324050.jpg

Parliamentt-(6)-1743324050.jpg

Parliamentt-(10)-1743324052.jpg

Parliamentt-(8)-1743324051.jpg

Parliamentt-(8)-1743324051.jpg

Parliamentt-(11)-1743324052.jpg

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १४:३०
प्रतिक्रिया दिनुहोस्