site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
खेलकुदमा बजेट कटौती
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि खेलकुदमा बजेट कटौती गरेको छ ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले संघीय संसद्मा प्रस्तुत गरेको आउँदो बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट कटौती गरिएको हो । संघीय संसद्का दुवैलाई सदनको संयुक्त बैठकमा प्रस्तुुत गरिएको बजेटमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० मा युवा तथा खेलकुद मन्त्रालयलाई दुई अर्ब ४६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।

गत वर्ष अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि दुई वर्ष ७४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

अर्थमन्त्री शर्माले राष्ट्रिय खेलकुद परिषद् (राखेप)का लागि दुई अर्ब नौ करोड रुपैयाँ रकम विनियोजन गरिएको जानकारी दिए । त्यस्तै, उनले खेलकुद पूर्वाधार निर्माणका लागि ८७ करोड रुपैयाँ रकम विनियोजन गरिएको बताए ।

यो वर्ष नवौँ राष्ट्रिय खेलकुद गर्नका लागि बजेट विनियोजन गर्नुका साथै दशौँ खेलकुदका लागि भौतिक पूर्वाधार निर्माण गरिने बताइएको छ ।

Royal Enfield Island Ad

यसअघि, जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले नवौँ राष्ट्रिय खेलकुद आउँदो असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको थियो । गत वर्ष नै सम्पन्न गर्ने भनिएको नवौँ राष्ट्रिय खेलकुद कोभिड–१९ तथा राखेप सदस्यसचिवको विवादका कारण आयोजना हुन सकेको थिएन ।

प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले नै यसअघि नवौँ राष्ट्रिय खेलकुद जेठ २२ देखि २८ गतेसम्म आयोजना गर्ने निर्णय गरेको थियो । तर, प्रतियोगिता आयोजना नियमावली परित हुन समय लागेपछि प्रतियोगिताको मिति सरेको थियो ।

खेलकुदमन्त्री महेश्वरजंग गहतराजले सार्वजनिक खरिद ऐन पालना गर्दा जेठमा प्रतियोगिता आयोजना गर्न सम्भव नभएको बताएका थिए ।

सरकारले बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माण गर्ने भएको छ । अर्थमन्त्री शर्माले बाँकेको कोहलपुर महिला क्रिकेट एकेडेमी तथा रंगशाला निर्माणका लागि आवश्यक बजेट छुट्ट्याएको बताएका छन् ।

यस्तै, काठमाडौंको मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट मैदान आउँदो वर्ष निर्माण सम्पन्न गरिने बताएका छन् । उनले कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रात्रिकालीन क्रिकेट खेल्न मिल्ने गरी स्तरोन्नति गरिने जानकारी दिए ।

अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय सरकारसँगको समन्वयमा चितवनको भरतपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सम्पन्न गरिने बताए । उनले धनगढीको फाप्लामा अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने बताएका छन् ।

अर्थमन्त्री शर्माले जुम्लामा हाई अल्टिच्युड ट्रेनिङ सेन्टर बनाउन रकम विनियोजन गरिएको पनि बताए । “खेलकुद पर्यटनको प्रवद्र्धनका लागि सार्वजनिक–निजी साझेदारीमा साहसिक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहित गरिनेछ,” अर्थमन्त्री शर्माले भनेका छन्, “जुम्लाको दोक्लापाटनमा हाई अल्टिच्युड स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टर निर्माण गर्न आवश्यक रकम विनियोजन गरेको छु ।”

अघिल्लो वर्ष पनि सरकारले सोलुखुम्बु, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ र जुम्लामा हाई अल्टिच्युड स्पोर्ट्स एन्ड ट्रेनिङ सेन्टर निर्माण गर्न रकम विनियोजन गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १५, २०७९  १९:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro