site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
च्याम्पियन्स ट्रफी : भारतका खेल यूएईमा हुने

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी २०२५ मा भारतका खेलहरू युनाइटेड अरब इमिरेट्स (यूएई)मा हुने भएको छ ।

च्याम्पियन्स ट्रफीको आयोजना अधिकार पाकिस्तानले पाएको छ । तर, भारतीय क्रिकेट बोर्ड (बीसीआईले) पाकिस्तान भ्रमण नगर्ने भनेपछि भारतका खेल यूएईमा गरिने भएको हो । 

पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)का अध्यक्ष मोहसिन नाक्भी र यूएई क्रिकेट बोर्डका अध्यक्ष सेख नहयान अल मुबारकबीच भएको भेटघाटपछि यस्तो निर्णय गरिएको हो । “पीसीबीले यूएईलाई तटस्थ भूमिका रूपमा छनोट गरेको छ,” पीसीबीका प्रवक्ता अमिर मिरले भने ।

निर्णयानुसार भारत र पाकिस्तानबीचको खेल आउँदो वर्षको फेब्रुअरी २३ मा हुनेछ । भातरले समूह चरणमा पाकिस्तानबाहेक, न्युजिल्यान्ड र बंगलादेशविरुद्ध पनि प्रतिस्पर्धा गर्नेछ । भारतका यी सबै खेल दुबईमा हुने सम्भावना उच्च छ ।

च्याम्पियन्स ट्रफीको साविक विजेता समेत रहेको पाकिस्तानले फेब्रुअरी १९ मा न्युजिल्यान्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यो खेल पाकिस्तानको कराचीमा हुनेछ । पाकिस्तानले यसअघि सन् २०१७ मा भारतलाई हराउँदै च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro