site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
शीर्ष स्थानको एट्लेटिकोलाई पछ्याउँदै रियाल

काठमाडौं । स्पेनिस ला लिगामा रियाल मड्रिडले सेभियाविरुद्ध ४–२ को जित निकालेको छ । आइतबार राति घरेलु मैदान सान्टियागो बर्नबेउमा रियाललाई जित दिलाउन किलियन एमबाप्पे, फेडेरिको भाल्भार्डे, रोड्रिगो र ब्राहिम डियाजले गोल गरे । सेभियाका इसाक रोमेरो र डोडी लुकबाकियोले गोल फर्काए ।

खेलको १०औँ मिनेटमा एमबाप्पेको गोलमा रियालले अग्रता बनाएको थियो । २०औँ मिनेटमा भाल्भार्डेले घरेलु टिमको अग्रता दोब्बर बनाए । ३४औँ मिनेटमा रोड्रिगोले गोल गरेपछि रियालले ३–० को अग्रता बनाएको थियो । ३५औँ मिनेटमा रोमेरोले गोल फर्काएपछि पहिलो हाफ ३–१ को स्थितिमा सकिएको थियो ।

५३औँ मिनेटमा डियाजले गोल गर्दै रियालको अग्रतालाई ४–१ मा राखे । खेलको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा लुकबाकियोले गोल फर्काए पनि सेभियाको हार टार्न सकेनन् ।

ला लिगाको शीर्ष स्थानका निम्ति एट्लेटिको मड्रिडलाई पछ्याइरहेको रियालले जितसँगै १८ खेलबाट ४० अंक जोडेको छ । शीर्ष स्थानको एट्लेटिकोको समान खेलबाट ४१ अंक छ । गएको शनिबार राति एट्लेटिको मड्रिडले बार्सिलोनालाई २–१ ले हराएको थियो ।

समान खेलबाट २२ अंकको सेभिया तालिकाको १४औँ स्थानमा छ । जारी सिजनमा सेभियाको यो आठौँ हार हो ।

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro