site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय शृंखलामा पाकिस्तानको ‘ह्वाइट वास’

काठमाडौं । घरेलु टिम दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय क्रिकेट शृंखलामा पाकिस्तानले ‘ह्वाइट वास’ गरेको छ । आइतबार राति जोहानेसबर्गमा भएको तेस्रो तथा अन्तिम एकदिवसीय खेल पाकिस्तानले डकवर्थ लेविस पद्धति (डीएलएस)अनुसार ३६ रनले जितेसँगै घरेलु टिमविरुद्धको शृंखलामा ३–० ले विजयी भएको हो ।

खेलमा टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तानले निर्धारित ४७ ओभरमा नौ विकेट गुमाएर ३०८ रन बनाएको थियो । ३०९ रनको लक्ष्यसहित मैदानमा उत्रिएको दक्षिण अफ्रिकाले ४२ ओभरमा सबै विकेट गुमाएर २७१ रन मात्र बनाउन सक्यो । त्योसँगै पाकिस्तान डीएलएसअनुसार ३६ रनले विजयी भएको हो ।

यी दुई टिमबीच यसअघि भएको पहिलो र दोस्रो खेलमा पनि पाकिस्तानले क्रमशः तीन विकेट र ८१ रनको जित निकालेको थियो । एकदिवसीय शृंखलाअघिको ट्वान्टी–२० शृंखला पनि पाकिस्तानले २–० ले जितेको थियो ।

यी दुई टिमबीच अब दुई खेलको टेस्ट शृंखला हुनेछ । उक्त शृंखला यही डिसेम्बर २६ देखि सुरु हुनेछ ।
 

प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro