site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि, पाँच महिनामा दुई खर्ब प्राप्त 

काठमाडौं । नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायता प्रतिबद्धतामा उल्लेख्य वृद्धि भएको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पुस पहिलो हप्तासम्ममा दुई खर्ब दुई अर्ब ४० करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । 

गत आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा ५९ अर्ब ९८ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको थियो । गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा प्राप्त वैदेशिक सहायता प्रतिबद्धता २३७.५ प्रतिशतले बढेको अर्थ मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

प्रवक्ता भट्टराईका अनुसार यस अवधिमा वैदेशिक अनुदान प्रतिवद्धता १५३.१ प्रतिशतले र वैदेशिक ऋण प्रतिबद्धता २८०.६ प्रतिशतले बढेको छ । 

चालु आर्थिक वर्षको हालसम्मको अवधिमा प्राप्त वैदेशिक सहायता पनि गत वर्षको सोही अवधिको तुलनामा ३०.३ प्रतिशतले वृद्धि भएको छ । 

अर्थ मन्त्रालयका प्रवक्ताका अनुसार यस अवधिमा वैदेशिक अनुदान ६ अर्ब ७५ करोड रुपैयाँ र वैदेशिक ऋण ३७ अर्ब ३३ करोड रुपैयाँ समेत जम्मा ४४ अर्ब ८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भई विभिन्न विकास निर्माणमा प्रयोग भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  १२:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro