site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ललितपुरको मेयरमा भारी मतान्तरले चिरिबाबुको ‘कमब्याक’
तस्बिर : अभिषेक महर्जन/बाह्रखरी
Sarbottam CementSarbottam Cement

काठमाडौं । ललितपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चिरिबाबु महर्जन भारी मतान्तरले ‘कमब्याक’ भएका छन् । महर्जन आफ्ना निकटतम प्रतिद्वन्द्वी हरिकृष्ण व्यञ्जनकारलाई १८,१६२ मतान्तरले पराजित गर्दै ‘कमब्याक’ भएका हुन् ।

महर्जनले ४२,७२२ मत पाउँदा व्यञ्जनकारले २४,५६० पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

दोस्रो कार्यकालका लागि निर्वाचित मेयर महर्जन र व्यञ्जनकारबीच ०७४ मा पनि प्रतिस्पर्धा भएको थियो । त्यतिबेला २४,६४२ मत पाएर महर्जनले व्यञ्जनकारलाई ३२६ को मतान्तरले पराजित गराएका थिए । व्यञ्जनकारले २४,३१६ मत पाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उपमेयरमा भने एमालेकी मञ्जली शाक्य २५,०८४ मत पाएर विजयी भएकी छन् । माओवादी केन्द्रका बाबुराज बज्राचार्यले १८,७५१ ले मत पाए ।

Global Ime bank

०७४ को निर्वाचनमा महानगरको उपमेयरमा गिता सत्यालले १९,८१९ मत पाएर निर्वाचित भएकी थिइन् । माओवादी केन्द्रकी हसिना शाक्यले १२,९७९ मत पाएकी थिइन् । 

महानगरका कुल २९ वडामध्ये वडा नम्बर ४ मा कांग्रेसका सन्तोष खड्का, ६ मा रूपेन्द्र राज शाक्य, ७ मा कुल बहादुर शाक्य, ८ मा बाबुरत्न महर्जन, ९ मा राजु महर्जन, १० मा रविनमान व्यञ्जनकार, ११ मा अरोज कुमार खड्गी, १४ मा अमृतजंग महत, १६ मा निर्मल रत्न शाक्य, २० मा चन्द्रलाल महर्जन र २८ मा वीरेन्द्र महर्जन विजयी भएका छन् ।

 

त्यस्तै, वडा नम्बर ५ को वडाध्यक्षमा एमालेका विकासमान श्रेष्ठ, १२ मा नारायणलाल अलावे, १५ मा सुरेशबहादुर शाही, १७ मा विनोद महर्जन, १८ मा दामोदर खड्का, १९ मा राजेन्द्र महर्जन, २२ मा सागर तुलाधर, २३ मा जीवन महर्जन, २४ मा दिनेशजंग पाण्डे, २५ मा दलौत कुमार खत्री र २९ मा गणेशकुमार महर्जन निर्वाचित भए । वडा नम्बर २ मा एकीकृत समाजवादीका राजेशकुमार महर्जन, ३ मा श्रीगोपाल महर्जन निर्वाचित भए । 

माओवादी केन्द्रतर्फ वडा नम्बर २१ को वडाध्यक्षमा रविन्द्र महर्जन, २६ मा सुरेश महर्जन, २७ मा हरिकृष्ण महर्जन निर्वाचित भएका छन् । 

स्वतन्त्रतर्फ वडा नम्बर १ को वडाध्यक्षमा निर्मल तण्डुकार र वडा नम्बर १३ मा गणेश केसी निर्वाचित भए । 

पुरानै प्रतिवद्धता पूरा गर्न चुनौती कि अवसर ? 
महर्जनले ०७४ को निर्वाचनमा फ्लाइओभर निर्माण, स्मार्टसिटी, केबलतार भूमिगत, सहरी सौन्दर्यता झल्काउने, पुरातात्विक, ऐतिहासिक तथा धार्मिक सहर ललितपुरलाई आधुनिक सुविधायुक्त बनाउने, महानगरका विभिन्न क्षेत्रमा व्यापारिक बजार बनाउने, काञ्जी हाउस, तरकारी बजारमा कोल्ड स्टोर स्थापना गर्नेलगायतका प्रतिवद्धता जनाएका थिए ।

त्यस्तै, हप्ताको दुईपटक सडक पखालेर धुलो धुँवामुक्त गर्ने, सडकलाई पैदलयात्रीमैत्री वा यातायातमैत्री बनाउन आकासेपुल निर्माण, ०७२ सालमा भत्काएका बस्ती सम्पदालाई मौलिक र ऐतिहासिक शैलीमा पुनर्निर्माण गर्ने र ललितपुरलाई विभिन्न व्यापारिक प्रोजेक्टसँग जोड्ने लगायतका प्रतिवद्धता मेयर महर्जनका छन् । 

मेयर महर्जनले यसअघिको पाँच वर्षे कार्यकालमा खरिद प्रक्रियाको ऐन नबनेकाले कतिपय काममा रिजल्ट दिन नसकेको दाबी गर्दै आएका थिए । अबको कार्यकालमा महानगरवासीले अनुभव गर्नेगरी नतिजा दिने उनको दाबी छ । 

स्मार्ट सिटीको प्रक्रिया अघि बढाइसकिएको बताउने गरेका उनले त्यसलाई अब पूर्णता दिने उनको दाबी छ । साथै पाइपलाइनमा रहेका थुप्रै प्रोजेक्टहरू सम्पन्न गर्ने महर्जनको योजना छ ।

यसअघि पुल्चोक जावलाखेल सडकमा साईकल लेन, सार्वजनिक यातायात व्यवस्थापन, विद्युतीय विज्ञापन बोर्ड, फुटपाथ अतिक्रमण रोक्ने काममा केही सुधार ल्याएका छन् । 

अबको कार्यकालमा पुराना प्रतिवद्धतासहित नयाँ योजना सम्पन्न गरेर महानगरवासीको मन जित्न महर्जनलाई चुनौतीपूर्ण देखिन्छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १०, २०७९  २१:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !